शनिवार हृदयघातका कारण ५४ वर्षको उमेरमा निधन भएकी श्रीदेवी बलिउडकी एक शक्तिशाली अभिनेत्रीमा पर्छिन्। जसको नाम कुनै समय फिल्मले वक्सअफिसमा गतिलो व्यापार गर्ने ग्यारेन्टीका मानिन्थ्यो। थुप्रै हिरोहरू श्रीदेवीसँग काम गर्न पाउनुलाई एक उपलब्धिका रूपमा लिन्थे। बक्स अफिसमा उनको त्यो जादु उनले अभिनय गरेका पछिल्ला दुई फिल्म ‘ईङ्लिस भिङ्लिस’ तथा ‘मम’ सम्म पनि राम्रै गरी देखिएको थियो।
उनै श्रीदेवीका बारेमा कमै मानिसलाई थाहा भएका १० तथ्य यस्ता छन्:
श्रीदेवीको जन्म सन् १९६३ मा अयप्पन एङ्गर तथा राजेश्वरी एङ्गरकी छोरीका रूपमा जन्म भएको थियो। उनको वास्तविक नाम अम्मा एङ्गर अयपन हो। उनका पिता पेशाले वकिल थिए।
उनी सानै उमेरमा वालकलाकरका रूपमा फिल्ममा प्रवेश गरिन्। उनले पहिलो फिल्ममा सन् १९६९ मा काम गरिन्। चार वर्षको उमेरमा फिल्ममा आएकी श्रीदेवीले सन् १९७५ मा बालकलाकारका रूपमा ‘जुली’ फिल्ममा अभिनय देखाइन्। सोल्भा सभनसँग उनले सन् १९७९ मा बलिउडमा मूख्य भूमिकामा डेब्यू गरेकी थिइन्।
सन् १९८९ मा रिलिज भएको ‘चालबाज’ फिल्मको चर्चित ‘ना जाने कहाँ से आया हे’ गीतको सुटिङ उनले १०३ डिग्रीको चर्को ज्वरोका बाबजुद गरेकी थिइन्।
श्रीदेवीले केहि फिल्मका लागि पार्श्व गायनसमेत गरेकी छन्। उनले ‘सद्मा’, ‘चाँदनी’, ‘गराजना’ तथा ‘कसना कसानम’ आदि फिल्ममा आफ्नो स्वर दिएकी छन्।
श्रीदेवीलाई हलिउड निर्देशक स्टिभन स्पेलवर्गको चर्चित फिल्म ‘जुरासिक पार्क'(सन् १९९३)मा एक भूमिकामा अभिनयका लागि प्रस्ताव गरिएको थियो तर उनले बलिउडको आफ्नो व्यस्त कार्यतालिकाका कारण फिल्म अस्विकार गरेकी थिइन्।
श्रीदेवीको मातृभाषा तमिल हो जसका कारण बलिउडका सुरूवाती दिनमा उनलाई हिन्दी बोल्नमा कठिनाइ भएको थियो। उनका लागि बलिउड अभिनेत्री नाजले फिल्ममा डबिङ गर्नेगर्थिन्। उनले पहिलोपटक सन् १९८६ मा ‘आखिरी रास्ता’ फिल्ममा उनको डबिङ् अर्की चर्चित अभिनेत्री रेखाले गरेकी थिइन् भने पहिलोपटक आफ्नै स्वरमा सन् १९८९ मा रिलिज भएको ‘चाँदनी’ फिल्मबाट गर्न सुरू गरिन्।
अभिनेत्री जया प्रदालाई श्रीदेवीको बलियो प्रतिष्पर्दी अभिनेत्री मानिन्थ्यो। यी दुबैको सम्बन्ध हार्दिक भएन। सन् १९८४ मा ‘मकशद’ फिल्मको सुटिङताका अभिनेता राजेश खन्ना तथा जितेन्द्रले उनीहरूको तितो सम्बन्धमा विराम होस् र साथी बनुन भनेर दुबैजनालाई एक कोठाभित्र एकसाथ बन्द गरिदिए। जब उनीहरू साथी बने होलान भनेर उनीहरूलाई थुनेको कोठा खोलियो तब उनीहरू बन्द गरिएको कोठाको दुई कुनामा चुपचाप बसिरहेका भेटियो।
श्रीदेवीले अभिनय गरे मध्येका दुई फिल्मका लागि उनी दोस्रो छनौटकी नायिका थिइन्। ‘नागिना’ फिल्म जया प्रदालाई प्रस्ताव गरिएको थियो भने ‘चाँदनी’ फिल्मका लागि पहिलो रोजाइकी नायिका रेखा थिइन्।
श्रीदेवीले फिल्ममा श्रीदेवीको नाम अंग्रेजीमा जहिल्यै गलत राखिन्। फिल्ममा उनको श्रीदेवी नामलाई अंग्रेजीमा ‘Sreedevi’ भनेर आउँथ्यो।
The post श्रीदेवीका ९ तथ्य जून सायद धेरैलाई नौलो हुनसक्छ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2BMlGKB
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.