Photo of Milford Sound in New Zealand

नयाँदिल्ली : भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।
माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो ।

“बसले ५० जना यात्रु बोकेको थियो, जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको,” एक वरिष्ठ प्रहरी अधिकृतले बताए ।

उनले थपे, “चालकले अर्को सवारी साधनसँग ठक्कर खानबाट बचाउन गाडीलाई अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस बारमा ठोक्किन पुगेको हो ।”

महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु छ जना पौडिएर बाहिर निस्केका प्रहरीले बताएको छ ।

घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
news24

The post दुख्द खबर: बस दुर्घटनामा परी ३५ जनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rPeQ3v
via IFTTT
29 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top