Photo of Milford Sound in New Zealand

कतारको नगरपालिका तथा वातावरण मन्त्रालयले आगामी फेब्रुवरी १ तारिख बाट नयाँ सार्वजनिक सरसफाई कानून लागू गर्ने भएको छ।पुरानो स्वाथ्य कानुनलाई परिमार्जित गर्दै २०१७ को कानून नम्बर १८ लागू गर्न लागिएको हो।

अर्को महिना देखि कानुनी शक्तिका साथ नगरपालिका निरीक्षक लगायत अन्य कर्मचारीहरुले देशभर निरीक्षण शुरू गर्ने र नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने मन्त्रालय अन्तर्गतको सरसफाई विभागका प्रमुख सफर अल शफीले विज्ञप्तिमा बताएका छन्।नयाँ विभागीय निरीक्षक टोलीमा नगरपालिका,वातावरण मामिला विभाग र कानुनी मामिला विभागका कर्मचारीहरु समावेस हुनेछन्।

नियम सार्वजनिक गर्नुपूर्व मन्त्रालयले जनवरी ९ -११ तारिख सम्म “सार्वजनिक क्षेत्रको सरसफाईमा कानूनी शक्ति” विषयमा वर्कशप समेत सञ्चालन गरेको थियो।त्यस्तै मन्त्रालयले नयाँ कानुन तथा वातावरण बचाउन र आफ्नो सहर सफा राख्न सर्वसाधारणको महत्त्वपूर्ण भूमिका बारे जागरण गराउन प्रिन्ट तथा विद्युतीय मीडिया र सामाजिक सञ्जाल मार्फत अभियान चलाउने तयारी गरिसकेको छ।नियम उल्लंघन गर्दा हुने जरिवाना ३०० देखि ६००० हुँदै कम्पनीलाई २५ हजार रियाल सम्म रहेको छ।

समग्रमा यस्तो छ जरिवानाको सूची

१.फुटपाथ,सडक वा अन्य सार्वजनिक स्थलमा कागज,अन्य फोहोर,खाली बोतल फालेमा वा थुकेमा ५०० रियाल।

२.फोहोर,फोहोरको झोला,छोडिएको खानेकुरा,कागज घर अगाडि वा सार्वजनिक स्थानमा फालेमा ३०० रियाल।

३.रोड वा सार्वजनिक स्थान तर्फ देखाएर कार्पेट,लुगा धोएमा वा सुकाएमा ५०० रियाल।

४.सार्वजनिक स्थान वा रोडमा रुखको फोहोर वा बगैंचाको फोहोर फालेमा ५०० रियाल।

५.प्रयोग गरिएको पानी रोडमा फालेमा ३०० रियाल।

६.पशुको फोहोर जथाभावी फालेमा ५०० रियाल।

७.बिग्रिएको सवारी वा त्यसको पाटपुर्जा रोड,फुटपाथ,गल्ली वा सार्वजनिक पार्किङ स्थल ढाक्नेगरी राखेमा १००० रियाल।

८.व्यवसायिक पसल अगाडि राखिएको डस्टविन भन्दा अन्यत्र फोहोर फालेमा ५०० रियाल।

९.सार्वजनिक स्थान,समुन्द्री किनारमा वा खुला क्षेत्रमा खानाको फोहोर छोडेमा वा फालेमा ५०० रियाल।

१०.सवारीमा लोडगरी राखिएको सामान राम्रो संग नछोपेमा वा त्यहाँबाट सामान खसालेमा २००० रियाल।

११.खाल्डो वा नकसिएको पाइप बाट आफ्नो घरको ढल छोडेमा १००० रियाल।

१२.तोकिएको स्थानमा भन्दा अन्यत्र सवारी वा मेसिन धोएमा ३०० रियाल।

१३.गुडिरहेको सवारी बाट सार्वजनिक रोडमा केही सामान झारेमा ३००० रियाल।

१४.निर्माणाधीन क्षेत्र बाट निस्किने फोहोर जथाभावी फालेमा,छोडेमा वा गाडेमा ६००० रियाल।

१५.तोकिएको स्थान भन्दा अन्यत्र ढल छोडेमा ५००० रियाल।

Qnkhabar Source

The post कतार मा फेब्रुवरी १ बाट नया नियम आउदै कतार मा रहेका नेपाली ले जान्नै पर्ने हेर्नुहोस बिस्तृत मा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DxChnq
via IFTTT
22 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top