Photo of Milford Sound in New Zealand

माघ १७, धनकुटा खबर। तेह्रथुमको छथर गाउँपालिका स्थित हमरजुङ्ग गाउँको फयाकमा मुढाले थिचेर एक बालकको मृत्यु भएको छ ।

गाउँपालिकाले बाटो बनाउने क्रममा काटेर राखेको मुढा पल्टिएर थिच्दा हमरजुङ्ग २ का बर्ष ७ का रोनीत भुजेलको घटना स्थलमा नै मृत्यु भएको हो ।

मंगलबार दिउँसो करिव साढे ११ तिर मृतकका बुवा यादव बहादुर र आमा बिष्णु कुमारी भुजेल छोरालाई लिएर घाँस÷दाउरा काट्न गएका थिए ।

उनीहरु घाँस काट्न थालेपछि छोरा मुढाको वरीपरी खेल्ने क्रममा मुढा अचानक पल्टिएर उनको ज्यान गएको बुवा यादवले बताए ।

मृतककै बुवाले पल्टाउन नसकेर बाटोको डिलमाथि राखेरको मुढा टेकेर बालक संगै करिव १५ फिट तल कलभर्टमा झर्दा मुढा बालकमाथि पर्दा उनको मृत्यु भएको गाउँलेहरुले जानकारी दिए ।

बालकको पोष्टमार्टमका लागि बुधबार धनकुटा अस्पतालमा ल्याएर राखिएको छ । Source : Dhankuta Khabar

The post हेर्दाहेर्दै मुढाले थिचेर छोराको ज्यान गयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E3bxKQ
via IFTTT
31 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top