Photo of Milford Sound in New Zealand

पोखरा उद्योगा वाणिज्य संघले आयोजना गरेको सफल राष्ट्रिय व्यापार मेला तथा दोश्रो मोवाइल मेला २०७४ को बम्पर उपहार विजेता पर्वतको कुस्माका सन्दिप पौडेललाई कार हस्तान्तरण गरिएको छ ।

उनलाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, पोखरा उद्योग वाण्ज्यि संघका अध्यक्ष विश्वशंकर पालिखे लगायतले कार हस्तान्तरण गर्नुभयो ।

कारको चावी हातमा लिदा पनि १५ वर्षिय सन्दिप भने खासै खुसी देखिएनन् । कार उपहार पाउदा खुसी भएपनि संचारमाध्यमले गरेको प्रचारका कारण दुखी भएको उनले बताएका छन् । “कार उपहार पाउदा निकै खुसी छु, तर मृगौला पिडीत भनेर प्रचार गरेकोमा असाध्यै दुख लागेको छ”, उनको भनाई छ । उनि मात्र होईन उनको परिवार पनि संचारमाध्यमले मृगौला पिडीत भनेर प्रचार गरेकोमा दुखि छन् ।

सन्दिपका बुवा नारायण प्रसाद पौडेलले भने – “छोरा मृगौला पिडित होइन, उसको मृगौलामा पथ्थरी छ, त्यसै विषयलाई मृगौला पिडीत भन्दा उसको बाल मनोविज्ञानमा असर पर्छ, त्यसैले संचारमाध्यमले यस कुरमा ध्यान दिएको भए हुन्थ्यो भन्ने दुखेसो हो ।”

कार पाएपछि सन्दिपले आयोजक पोखरा उद्योग वाणिज्य संघ र प्रयोजक हुण्डाई कम्पनिलाई धन्यवाद दिएका छन् । आफुले जितेको पुरस्कारले राम्रो काम गर्न र धेरै पढ्न हौसाला प्रदान गरेको उनले बताएका छन् ।

सो कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा उद्योग वाणिज्य संघले गरेको पारदर्शी काम प्रति प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो – “अहिले आम मानिसमा चिठ्ठा थुत्दा आफ्नालाई पार्छन् की ? पा।दर्शी गर्दैनन् कि भन्ने आशंका हुने गर्दछ, तर उद्योग वाणिज्य संघले निश्पक्ष रुपमा गरेको यस कार्यले सबैलाई विश्वास दिएलाएको छ । नियत बाङ्गो नगरायो भने राम्रो हुदो रहेछ, जे हो त्यो आउदो रहेछ भन्ने यसले प्रमाणीत गरेको छ ।” उहाँले थप्नुभयो – “यस कार्यबाट अरुले पनि सिक्दा राम्रो हुन्छ ।”

जिसीले आगामी दिनमा पनि यस्तै काम गर्दै उद्योग वाणिज्य संघले आफ्नो साख बचाईराखोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वसंकर पालिखेले उद्योग वाणिज्य संघले अहिले आफुले बोलेको कुरा पुरा गर्छ भन्ने प्रमाणीत गर्न खोजेको र त्यो पुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो – “अहिले धेरै संस्थाहरुमा यो उपहार र त्यो उपहार भन्ने तर टिकटको पछाडी सर्तहरु लागु हुनेछन् भन्ने काम हुन्छ । सर्तमा पुरा टिकट बिक्रि नभएको अवस्थामा पुरस्कार परिवर्तित हुनेछ, भनेर लेखिएको हुनेछ, तर हामीले के प्रमाणति गर्न चाहान्थ्यौ भन्दा पोखरा उद्योग वाणिज्य संघले बोलेको कुरा पुरा गर्न चाहान्थ्यौ ।”

पालिखेले सन्दिपको सफलताको कामना सहित बधाई ज्ञापन गर्नुभयो ।
सन्दिप पौडेल आफ्नो स्वास्थ्य परिक्षण गराउने क्रममा पर्वतबाट पोखरा आउदा नयाँबजारमा भएको औद्योगिक व्यापार मेलामा माघ ५ गते विद्यार्थि सहुलियतको टिकट काटेर आफ्ना बाबासंग मेला हेर्न गएका थिए । उनले काटेको टिकट नं. ०५४८९२ मेलाको अन्तिम दिन लक्की ड्र गर्दा विजेता घोषित भएको हो । यसअघि लक्की ड्र गर्दा ०४ नम्बरको टिकट विजेता घोषित भएको थियो तर सो नम्बरको टिकट विक्रि नभएको भन्दै आयोजकले पुनः लक्की ड्र गर्यो र पर्वतका सन्दिप पौडेललाई सो कार उपहार पर्यो ।

The post ४० रुपैयाको टिकटमा १८ लाखको कार पाउने १५ वर्षका सन्दिप – “कार पाउँदा खुसी, समाचार देख्दा दुखि” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rK2Ikx
via IFTTT
28 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top