टिप्स | महिनावारी भएकाबेला सामान्यतय यौनसम्पर्क गर्न्नु त्यति राम्रो मानिदैन । यतिखेर यौनसम्पक गर्दा एकदम साबधानी अपनाउनु राम्रो हुन्छ ।कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो ।
कसैलाई महिनावारी भएको बेला सम्भोग गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।
महिनावारीको बेला सम्पर्क गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने गर्छन् ।
यति हुँदाहुँदै पनि असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।
महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ ।
महिनावारीको बेला सम्पर्क गर्दा, चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा, सम्भोगपछि अरु पदार्थसहित रगत अलि बढी बग्न पनि सक्छ, त्यसैले पनि कोहीकोही डराउने गर्छन् तर डराउनु पर्दैन यसले महिलालाई फाइदा गर्छ । तर ए पनि ख्याल गर्नुपर्छ भने महिनावारी भएको बेला सम्भोग गर्दा सुरक्षामा भने सतर्क रहनुपर्छ । कन्डम बिना सम्पर्क गर्नु हुँदैन किनकी यस्तो बेलामा यौन रोगको डर हुन्छ ।
नेपाली समाजमा महिनावारी भएकी महिलालाई छुन नहुने नियम पनि यसै कुरालाई बुझेर राखिएको हुनसक्छ, अहिले जस्तो यौन सुरक्षाको साधन पहिले थिएन र सोहि अनुसार महिनावारी बार्नुपर्ने नियम राखिएको हुनसक्छ । अर्को कुरा महिनावारीको बेला पानी तथा रगत बग्ने हुँदा फोहोर तथा संक्रमण बढ्न सक्ने भएकाले चोखो काम गर्न नहुने नियम बनाईएको हुनसक्छ ।
– एजेन्सीको सहयोगमा
The post महिनावारीको बेला सम्पर्क गर्नु महिलालाई फाइदा हुन्छ, तर.. appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2rC530w
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.