मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षाका रूपमा ज्येष्ठ नागरिकलाई दिँदै आएको वृद्धभत्ता अब ६५ वर्षदेखि नै दिने निर्णय गरेको छ । अहिलेसम्म सरकारले ७० वर्ष उमेर पुगेका नागरिकलाई मासिक एक हजार सामाजिक सुरक्षा भत्ता र एक हजार औषधि उपचार खर्च गरी दुई हजार दिँदै आएको थियो ।
५५ वर्षमै वृद्धभत्ता सरकारको निर्णयले अब कर्णालीका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउनेछन् । पञ्जीकरण विभागका अनुसार सरकारको निर्णयपछि कर्णालीका सबै समुदायका नागरिक, देशभरका दलित समुदायका नागरिक र एकल महिलालाई ५५ वर्षदेखि नै वृद्धभत्ता दिनुपर्नेछ ।
सरकारले यसअघि कर्णालीका सबै समुदायका नागरिक र देशभरका दलित समुदाय तथा एकल महिलालाई ६० वर्षमा भत्ता वितरण गर्दै आएको थियो । सरकारले वृद्धभत्ता पाउने उमेर पाँच वर्ष घटाएकाले कर्णाली र दलित समुदायको वृद्धभत्ता पाउने उमेर पनि पाँच वर्ष घट्ने विभागले जनाएको छ ।
त्यस्तो स्थितिमा कर्णालीका सबै समुदाय, एकल महिला र देशभरका दलित समुदायका नागरिकले ५५ वर्षमै वृद्धभत्ता पाउने स्थिति बनेको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले बताए । आजको नया पत्रिकामा खबर छापिएको छ । medianp
The post अब ५५ र ६५ वर्षमै वृद्धभत्ता पाइने appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2DDOtDm
via IFTTT
0 comments:
Post a Comment