Photo of Milford Sound in New Zealand

काठमाडौं– बी फार्मेसीको अन्तिम परीक्षामा फेल भएपछि काठमाडौं विश्वविद्यालयकी एक छात्राले आत्महत्या गरेकी छिन्। धादिङ धुनिबेसी घर भई धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा अध्ययनरत २३ वर्षीया विद्या आचार्यले बुधबार आत्महत्या गरेकी हुन्।

बुधबार दिउँसो १२ बजे धुलिखेलस्थित डेरामा उनलाई प्रहरीले मृत अवस्थामा भेटेको थियो। आचार्यलाई पंखाको हुकमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको कोठाबाट सुसाइड नोट समेत फेला पारेको छ। जसमा उनले आफू १ नम्बरले परीक्षामा अनुत्तीर्ण भएको र बाबुआमालाई मुख देखाउन नसक्ने भएकाले आत्महत्या गर्नुपरेको उल्लेख छ।

दुई साताअघि आएको फार्मेसीको नतिजामा उनी फेल भएकी थिइन्। फेल भएपछि उनी निकै तनावमा देखिएको उनका साथीहरुले बताएका छन्।

फेल भएकै कारण आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी सहकुल थापाले बताए। शव पोस्टमार्टमका लागि पठाई घटनाको अनुसन्धान अघि बढाइएको उनले बताए।

The post दुख्द खबर: १ नम्बरले फेल भएपछि छात्राले गरिन् आत्महत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Apim3F
via IFTTT
04 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top