Photo of Milford Sound in New Zealand

काठमाडौं -नेपाली सेनाले रसियाबाट खरिद गर्न लागेको थपदुई एम आई १७ (भी-५) हेलिकोप्टरको विकल्प भन्दै युक्रेन सरकारको स्वामित्वको कम्पनीले काठमाडौंसम्म आएर चर्को लबिइङ थालेको छ। कुटनीतिक राजनीतिक र विचौलिया (केही व्यापारीहरु) मार्फत युक्रेनले पहल थालेको हो।

युक्रेन हेलिकोप्टर एभिएसनको लबिइङपछि नेपाली सेना र सरकारमा कुन प्रकारको हेलिकोप्टर खरिद गर्ने भन्ने बहस सुरु भएको छ। सेनाले यसअघि एमआई १७ खरिद गर्ने जनाइसकेको छ। उक्त कम्पनीले नेपालमा रहेका पूर्वप्रहरी अधिकारीसमेतको कम्पनीमार्फत त्यस्तो लबिइङ थालेको सैन्य उच्च स्रोतले बतायो।

उनीहरुले अमेरिकी निकट मानिने केही व्यापारीहरुलाई समेत प्रभावमा पारेर लबिइङ थालेको अधिकारीहरुले बताएका छन्। रुससँग अमेरिकाको सम्बन्ध नराम्रो रहेको अवस्था र अमेरिकासँग नेपाली सेनाको राम्रो सम्बन्ध रहेको कारण त्यो बाटो पनि उनीहरुले उपयोग गर्न खोजेको बुझाइ सेनाका अधिकारीहरुको छ। सत्तामा रहेका राजनीतिक दलका निकटस्थहरुले युक्रेनमा बनेको एमआई -८ लाई एमआई १७ को विक्लप दिन थालेपछि प्रधान सेनापति राजेन्द्र क्षत्रीले रक्षामन्त्रीलाई भेटेर रसियाबाट खरिद गर्ने विषयमा समस्या नभएको स्पष्ट सन्देश दिएका थिए। उनीहरुबीच गत मंगलबार यो विषयमा पुन छलफल भएको हो, आजको कान्तिपुर दैनिकमा समाचार छ ।source: enepal post

The post मोदीलाइ झट्का दिदै नेपाली सेना , आयो नेपालिलाइ खुसिको खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DxsMEM
via IFTTT
22 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top