Photo of Milford Sound in New Zealand

नयाँ दिल्ली। गत वर्ष सबैभन्दा चर्चित समाचारमध्येको एक थियो, विराट कोहली र अनुष्का शर्माको विवाह। दुवैले अचानक पेरिसमा विवाह गरेपछि सामाजिक संजालमा तहल्का मच्चिएको थियो। एक हप्तासम्म समाजिक संजालदेखि संचारमाध्यममा यी दुईको विवाहको कुनै न कुनै समाचारले स्थान पाइरह्यो।

कहिले विवाह, कहिले हनिमुन त कहिले पार्टीको समाचार आइरह्यो। विवाह भएको एक महिना हुन लाग्यो तर, यिनीहरुको समाचार आइरहेको छ। तर, बलिउडदेखि क्रिकेट खेलसम्म एउटा गसिपले बजार पिटेको छ। के विराटकालागि ‘अनलक्की’ सावित भइरहेकी छन अनुष्का?

यतिबेला भारतीय क्रिकेट टिम अफ्रिकामा खेलिरहेको छ। जहाँ अनुष्का शर्मा पनि विराटसँग गएकी थिइन्। तर, सधैं आफ्नो ब्याटिङमार्फत विपक्षी टिमलाई पसिना पसिना बनाउने विराट अनुष्काको अनुपस्थितिमा फ्लप भएका छन्। यसअघि पनि विराट र अनुष्का प्रेममा हुँदा अनुष्काको उपस्थितिमा विराटले राम्रो खेल्न सकेका थिएनन्।

दक्षिण अफ्रिकामा अनुष्का विराटकालागि चियर गर्दै देखिएकी थिइन्, तर विराटले जम्मा पाँच रनमात्र बनाउन सके। तर, अब अनुष्का विराटलाई छोडेर आइसकेकी छन्। अनुष्का आनन्द एल रायको फिल्मका काम गर्न भारत आइकी हुन्। यो फिल्ममा अनुष्कासँग शाहरुख खान र कैटरिना कैफ पनि छन्। फिल्म २१ डिसेम्बरमा रिलिज हुँदैछ।

The post अनुष्का फेरि विराटकालागि ‘अनलक्की’ सावित! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AFtEAV
via IFTTT
07 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top