दश वर्ष अघि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला सँग रेकर्डिङ गरि विराटनगर देखि थालेको साझा सवाल श्रृंखलाको अन्तिम भाग पनि विराटनगर बाटै प्रसारण गरेर अहिले बन्द भएको छ ।
उक्त अन्ति अंकमा एमाले नेता लालबाबु पण्डित, काङ्ग्रेस नेता मिनेन्द्र रिजाल र साझा सवालको पहिलो अङ्कमा पहिलो प्रश्न सोध्ने विद्यार्थी रेजिना निरौला लगायतका सहभागीहरू सँग गरिएको बहस गरिएको थियो ।
साझा सवालको अन्तिम अंकमा देशका नेताहरुले राज्यकोषको ढुकुटीबाट उपचार गर्ने नीति र नेताहरु प्रति साझा सवाल कार्यक्रममा सहभागीहरु द्वारा तिब्र आलोचन भएपछी एमाले चर्चित नेता लालबाबु पण्डितले नेतामुखी उपचार नीतिलाई बन्द गर्ने बताएका छन् ।
राष्ट्रबादी नेताको पहिचानका रुपमा अडिक देखिने लालबाबु पण्डितले नेताहरुलाई नेपाल भित्रै उपचार गरे उपचार छुट गर्न सकिने तर नेताहरुले देशबाहिर उपचार हुने पद्दतिलाइ बन्द गर्ने बताएका हुन् ।
बोले पछी गरि छाड्ने नेताको रुपमा चिनिने लाल बाबु पण्डित यो अभियानमा जुट्लान कि नजुट्लान त्यो भने अब हेर्न बाँकी छ तर नेताहरुले राज्यकोषबाट उपचार गर्ने नीतिका बिरुद्द पछिल्लो समय जनताहरु बारम्बार आक्रोसित बन्दै आएका छन् ।
यदि लालबाबु यो जनचाहना सहितको अभियानमा जुट्ने हो भने फेरी आफुलाई असल राजनेताको रुपमा उभ्याउने छन, उनका साथमा जनता उभिने छन ।
हेर्नुहोस उनको भनाइ यस्तो छ:
The post नेताहरुले राज्यको ढुकुटीबाट उपचार गर्ने नीतिलाई बन्दगर्ने लालबाबु पण्डितको उद्घोष appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2nn7LT0
via IFTTT
0 comments:
Post a Comment