काठमाडौं– भूकम्पले ध्वस्त रानीपोखरीलाई पुरानै शैलीमा पुनर्निर्माण गर्ने काठमाडौ महानगरपालिकाले निर्णय गरेको छ ।
आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा बसेको बैठकले रानी पोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामाग्रीको प्रयोग गरेर पुनर्निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकमा शाक्यसहित उपप्रमुख हरिप्रभा खड्गी, पुनसनर्माण प्राधिरकणका सचिव, पुरातत्व विभागका महानिर्देशक समेतको सहभागिता रहेको थियो ।
बैठकले रानीपोखरी पुनर्निर्माणको सम्बन्धनमा अध्ययन गर्न ११ सदस्यीय विशेषज्ञ समिति गठन गरेको प्रमुख विद्यासुन्दर शाक्यले बताए । समितिले महानगरलाई १५ दिनमा प्रतिवेदन बुझाउनु पर्ने जनाएको छ ।
पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको समितिमा भवन विभागका पूर्व महानिर्देशक सुर्यभक्त साँगाछे, राष्ट्रिय पुननिर्माण प्राधिकरणका महाशाखा प्रमुख राज मानन्धर, संस्कृतिविद सुदर्शन तिवारी, इन्जिनियर पुरुषोत्तम डंगोल , संस्कृतविद काशीनाथ तमोट, पुरातत्व विभागका इन्जिनियर सम्पत घिमिरे, विभागकै राम बहादुर कुँवर, काठमाण्डौ महानगरपालीका वडा नं २७ का वडा अध्यक्ष चिनियामान बज्राचार्य, वडा नं २८ का अध्यक्ष भाइराम खड्गी र काठमाडौ महानगरपालिकाका प्रशासनिक अधिकृत धनिराम शर्मा रहेका छन् ।
समितिले पुरानै शैलीमा रानीपोखरी निर्माणको लागि सुझाव सहितको प्रतिवेदन नगरप्रमुखलाई बुझाउनु पर्ने छ ।
बैठकले समितिको सल्लाहकारमा रक्षामन्त्री भिमसेनदाश प्रधान, काठमाडौ क्षेत्र नम्बर ६ (१) का प्रदेशसभा सदस्य केशव स्थापित र राजनीनिकर्मी रन्जु दर्शनालाई चयन गरेको छ । दर्शना स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको उम्मेदवार थिइन् ।
यसैबीच विशेषज्ञ समितको प्रतिवेदन प्राप्त नभए सम्म रानीपोखरीको निर्माण कार्य स्थगित गरिएको छ ।
रानीपोखरी निर्माण कार्य मापदण्ड विपरीत भएको भन्दै महानगरपालिकाकी उपप्रमुख खड्कीले विरोध जनाउँदै आएकी थिइन् ।
खड्कीले रानीपोखरी निर्माणको विषयमा प्रमुख शाक्यले एकलौटी रुपमा अघि बढेको बताउदै पुरानै शैलीमा निर्माण हुनुपर्ने अडान लिएकी थिइन् । यस्तै पुरातत्व विभागले पनि रानीपोखरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै आएको थियो । रानीपोखरी निर्माणमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतको बस्तु प्रयोग गरिएको छ ।
वि.स २०७२ सालमा गएको भूकम्पको कारण पोखरीको बीच भागमा रहेको बालपालेश्वर मन्दिर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगे पछि पुरातत्व विभागले काठमाण्डौ महानगरपालकिालाई निर्माणको जिम्मा दिएको थियो ।
यता आज बसेको मन्त्रिपरिषदको बैठकले पनि पुरातत्व विभागको मापदण्ड अनुसार रानीपोखरीको पुननिर्माण गर्न काठमाडौ महानगरपालिकालाई निर्देशन दिएको छ ।
The post रन्जु दर्शनाले पाईंन यति ठुलो जिम्मेवारी, गर्लिन त कुरा जस्तै काम पनि ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2DqHQQg
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.