Photo of Milford Sound in New Zealand

पोखरामा फेरी अर्की एक महिला मृत भेटिएकी छिन् । पोखरा १३ दुई कुलाको मुहानस्थित सेती नहरमा पर्वत स्थायी घर भई पोखरा १३ शान्तिमार्गमा डेरागरी बस्ने अन्दाजी ३५ बर्षिय जमुना सुवेदीको शव भेटिएको हो ।

बुधबार बिहान पाँच बजे नहरको फोहोरसँगै अड्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विहान करिब ७ बजे नहरको पानी सुकाएर शव बाहिर निकालेको हो ।

मंगलवार राति खाना खाएर सँगै सुतेकी आमा बिहान उठ्दा घरमा नदेखेको र पछि नहरमा शव भेटिएको १५ बर्षिय छोरी रविना सुवेदीले बताईन् । मृतक जमुनाका श्रीमान् र छोरा रोजगारीको क्रममा भारतमा छन् भाने आमाछोरी पोखरामा डेरामा बस्दै आएका थिए ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ र घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

satyasamachar.com बाट साभार गरिएको

The post पोखरामा फेरी अर्की महिलाको शव पनि भेटियो, सेती नहरको पानी सुकाएर शव निकाल्यो प्रहरीले ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C2iuHY
via IFTTT
31 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top