Photo of Milford Sound in New Zealand

मंसिर २० – रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ ।

लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीसहरका २५ वर्षीय रवीन श्रेष्ठको निधन भएको परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार मलेसियाको चर्चित खाद्य कम्पनी म्याक फुड कम्पनीमा कार्यरत रवीन सोमबार बिहान मृतअवस्थामा भेटिएका थिए । मृतक श्रेष्ठका भिनाजु राजेश श्रेष्ठका अनुसार आइतबार काम गरेर फर्केपछि खाना खाएर सुतेका रवीन सोमबार बिहान मृत अवस्थामा भेटिएको उनका साथी राज पटेलले जानकारी गराएका थिए ।

राज र रवीन मिल्ने साथी भएकाले रवीनलाई उठाउन राज बिहान सबेरै गएको र मृत अवस्थामा भेटिएपछि परिवारलाई सोमबार दिउँसो फोन गरेको मृतकका भिनाजु श्रेष्ठले बताए । श्रेष्ठ मलेसिया गएको अब पुसले ३ वर्ष पुग्नेछ । त्यसपछि घर फर्किने तयारी गरेका उनको परिवारलाई भेट्ने चाहना अधुरो भएको छ । उनी विदेश गएको एक महिनापछि जन्मिएको छोरा माघमा ३ वर्ष पुग्छ ।

परिवारको लालनपालनको लागि वैदेशिक रोजगारीमा गएका उनको आफ्नो छोरालाई पनि भेट्न नपाई परदेशमै निधन भएको हो । उनको अशक्त आमा, पत्नी र १ छोरा छन् । उनको शव बुझ्न परिवार काठमाडौं गएका छन् । globalpatrika

The post मलेसियामा २५ वर्षीय रवीन श्रेष्ठको निधन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jYCOSO
via IFTTT
06 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top