काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र दिपेश पुन सवार गाडी रोल्पाबाट काठमाडौ आउदै गर्दा रोल्पाको सातदोबाटोमा ब्रेक फेल भएर दुर्घटना भएको छे । गाडी पुनका साथी मानप्रसाद विकले चलाएका थिए ।
पुन भने गाडिको पछाडि को सिटमा सुतिरहेको अवस्थामा गाडी दुर्घटना हुदा घाइते भएको दिपेशका दाई जितेन पुनले बताए ।
गाडीमा रहेका उपराष्ट्रपतिका प्रेससल्लाहकार मनोज घर्ती मगर र चालक भने सकुसल रहेको दाई पुनले बताए ।
पछाडि अर्को गाडिमा पुनका दाई जितेन आइरहेका थिए । उनलेनै भाइलाई आफ्नो गाडीमा भालुवाङ पुगाएका थिए । भालुवाङबाट हेलिकप्टरमा काठमाडौ उपचार गर्न ल्याएको छ । उनको उपचार काठमाडौको ग्राण्डीमा उपचार भइरहेको छ ।
दुर्घटनाबाट टाउकोको बाँया भागमा चोट लाग्दा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएको पारिवारिक स्रोतले बतायो ।
उनलाई दुई दिन आइसियुमा राख्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले बतायो ।
The post उपराष्ट्रपति पुत्र दिपेश आइसियुमा, अवस्था नाजुक appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2nM9VOW
via IFTTT
0 comments:
Post a Comment