Photo of Milford Sound in New Zealand

सिन्धुपाल्चोक, २१ मंसिर – पहिलो चरण अन्तर्गत मंसिर १० गते निर्वाचन सम्पन्न भएको सिन्धुपाल्चोकमा आज बेलुका पाँच बज्नासाथ मतगणना सुरू गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको निर्णय अनुसार नै आज बेलुकी पाँच बज्नासाथ प्रतिनिधि सभा तर्फको मतगणना सुरु गर्ने भएको हो ।

सिन्धुपाल्चोकमा दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेशसभाको सदस्यको लागि मतदान भएको थियो । दोस्रो चरणको मतदान सकिएपछि मात्रै मतगणना गर्ने निर्णयअनुसार कडा सुरक्षा व्यवस्थासहित मतपेटीका जिल्ला कृषि विकास कार्यालयमा राखिएको छ ।

हिजै सर्वदलीय बैठक गरी मतगणनाको सम्पूर्ण मुचुल्कासमेत बनाइसकेको मुख्य निर्वाचन अधिकृत दीपक खनालले बताए। ‘हामीले मतगणनाको सम्पूर्ण तयारी गरीसकेका छौं’, खनालले भने ‘३० घण्टा भित्र प्रतिनिधि सभाको मतपरिणामा ल्याउने तयारीमा छौं ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकै कोठा र एकै एजेन्टको प्रयोग गरी कर्मचारीको दुई टोली खटाएर एक टोलीले मतपत्र सर्टीङ गर्ने र अर्को टोलीले मत गन्ने तयारी गरेको छ । यसबाट पनि मतपरिणाम छिटो आउन सहयोग पुग्ने खनालले बताए ।

सिन्धुपाल्चोकमा कुल २ लाख २६ हजार ५४० मतदाता रहेकोमा १ लाख ५६ हजार ७४३ मत मात्रै खसेको हो । प्रतिनिधि सभा १ को १ लाख १४ हजार ४२३ मध्ये ७८ हजार ७४९ मत खसेको छ। त्यस्तै सोही प्रतिनिधि सभा को प्रदेश क मा ५८ हजार ८६४ मध्ये ३९ हजार ८६४ र प्रदेश ख मा ५५ हजार ४५९ मध्ये ३८ हजार ९७८ मत खसेको छ ।

प्रतिनिधि सभा २ मा भने १ लाख १२ हजार १९२ मत मध्ये ७७ हजार ९९४ मत खसेको छ भने प्रदेश क मा ५३ हजार ७४८ मध्ये ३७ हजार २९३ र प्रदेश ख मा ५८ हजार ४४४ मध्ये ४० हजार ७०१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा कुल ६ सिटको लागि ५५ जनाको प्रतिष्पर्धा छ ।

The post सिन्धुपाल्चोकको मतगणनाबारे आयो यस्तो खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2izS0Wc
via IFTTT
07 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top