Photo of Milford Sound in New Zealand

२१ मंसिर २०७४ काठमाडौं ।चुनावको बेला सडकमा गाडी नचल्दा सबैले सास्ति त पाएकै छन् । मतदान गर्न हिडेर जान नसक्नेहरु भोट हालनबाट बञ्चित भएका छन् । भने कसैले अर्काको सहारामा भोट हालेका छन् । सुरक्षालाई मध्यनजर गर्दै नेपालमा निर्वाचनको दिन सवारी साधन बन्द गराउने परिपार्टी रहेको छ ।

जसले गर्दा सबैले सास्ति खेप्नुपरेको छ । अत्यावश्यक सवारी बाहेक अन्य सवारी लगाउन रोक छ । सवारी साधन नचल्दा बिहेनै प्रभावित भएको छ ।

काठमाडौंको गुहेश्वरी मन्दिरमा विधिपूर्व बिहे गरेका ओखलढुङगाका २० वर्षीय निकबहादुर मगरले आफ्नो रहर भने पुरा गर्न पाएनन् । उनले आफ्नो बिहेमा जन्तीसहित गाडी लिएर बेहुली भित्र्याउने पहिलेदेखिकै रहर थियो। तर, चुनावले उनको योजना पुरा हुन सकेन् । अन्ततः आफै पनि हिडेरै गए ।

तामझामका साथ बिहे गर्ने सोचेका निकबहादुरले अन्ततः सामान्य तरिकाले दुलही आशा मगरलाई घर भित्र्याए । बिहे पछि उनले भने, ‘जन्ती र गाडीसहित दुलही भित्र्याउने सपना पूरा भएन।’ आर्थिक अभावले होइन। कारण थियो बिहिवार ४५ जिल्लामा भएको निर्वाचन।

‘सरकारले गाडी चल्न पाइँदैन भनेको थियो। त्यसैले बिवाहमा गाडी नल्याएको हो। नत्र मलाई पनि रहर थियो’ उनले भने। उनीहरुलाई विवाह जस्तो नौलो थियो, निर्वाचन पनि उस्तै। दुवैको भोटर लिष्टमा नाम पनि थियो। भोट हाल्ने रहर पनि नभएको होइन। ओखलढुङ्गामा नाम भएको र आजै विवाह भएकाले भोट हाल्न नपाएका दुवै जना दुखी थिए। मगर भन्छन्, ‘विवाहले गर्दा भोट हाल्ने अवसर गुमाए।’

-न्युज नेपालबाट

The post चुनावको दिन बिहे गर्दा दुलाह दुलहीलाई आईपर्‍यो यस्तो आपत् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ACnOnp
via IFTTT
07 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top