Photo of Milford Sound in New Zealand

७ पुस, सिरहा । जिल्ला मालपोत कार्यालय सिरहामा बम बिस्फोट भएको छ । अज्ञात समूहलेगरेको विष्फोटमा परी तीन जना घाइते भएका छन् ।

विष्फोट दिउँसो करिब २ बजेको समयमा भएको बताइएको छ ।

विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ ।

घाइते तीनै जना सिरहाबासी हुन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बम विष्फोटनको घटनापछि सिरहावासी त्रसित भएका छन् ।

घटना पछि सिरहा सदरमुकाम सिरहाको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ ।

घटनास्थलमा सुरक्षाकर्मीले अनुसन्धान थालेका छन । विष्फोटनको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । onlinekhabar बाट

The post सिरहाको मालपोत कार्यालयमा बम विष्फोट,… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BnJXUh
via IFTTT
22 Dec 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top