Photo of Milford Sound in New Zealand

दोस्रो चरणको निर्वाचनको तयारी भइरहँदा २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्ने हुटहुटी चल्न थालिसकेको थियो । कहिले घर जाउँला भन्ने बेचैनी छँदैथियो । अन्ततः म पनि भोट हाल्न गृहनगर दाङ्गको राप्ती गाउँपालिका पुगे । कार्यालयमा कामको चापका कारण लामो समय गाउँ बस्न नसक्ने भएकाले मतदान गरी भोलीपल्टै मैले काठमाण्डौको यात्रा तय गरें । लालमटियाबाट करीब ३ किलोमिटर वर भालुवाङ्ग आइपुग्दा मेरो सिटसँगै अन्दाजी २०/२१ वर्षकी एक युवती आएर बसिन् । चिनजान नभएकाले सुरुमा बोलचाल गर्न र बस्नपनि अलि असहजजस्तो महसुस भयो दुबै जनालाई । तर, यात्रा गर्नु थियो काठमाण्डौंसम्म । त्यो पनि एउटै सिटमा बसेर । लामो यात्रा भएको हुँदा म चुपचाप बस्न सकिनँ । स्वभावैले म अलि बोलिरहने पर्ने मान्छे पनि हुँ । लागिरहेको थियो उनी पनि मसँग बोल्न खोज्दै थिइन् ।

ओठसम्म आवाज आएरपनि अड्किएको जस्तो लाग्दै थियो । तर, चन्द्रौटा आइपुग्दा सम्म शुन्यता भंग भैसकेको थियो । हामी बोल्न थाल्यौं । लामो यात्रामा सँगै बसेको मान्छेसँग साथीझैं गफिन पाउँदाको मज्जा मैले लेखिरहनु पर्दैन । काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठानको बाग्दुला रहेछ । केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार ।सुनिता तब झस्किइन् जब डाक्टरले भित्री बस्त्र खोल्न भनेDecember 20, 2017

दोस्रो चरणको निर्वाचनको तयारी भइरहँदा २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्ने हुटहुटी चल्न थालिसकेको थियो । कहिले घर जाउँला भन्ने बेचैनी छँदैथियो । अन्ततः म पनि भोट हाल्न गृहनगर दाङ्गको राप्ती गाउँपालिका पुगे । कार्यालयमा कामको चापका कारण लामो समय गाउँ बस्न नसक्ने भएकाले मतदान गरी भोलीपल्टै मैले काठमाण्डौको यात्रा तय गरें । लालमटियाबाट करीब ३ किलोमिटर वर भालुवाङ्ग आइपुग्दा मेरो सिटसँगै अन्दाजी २०/२१ वर्षकी एक युवती आएर बसिन् । चिनजान नभएकाले सुरुमा बोलचाल गर्न र बस्नपनि अलि असहजजस्तो महसुस भयो दुबै जनालाई । तर, यात्रा गर्नु थियो काठमाण्डौंसम्म । त्यो पनि एउटै सिटमा बसेर । लामो यात्रा भएको हुँदा म चुपचाप बस्न सकिनँ । स्वभावैले म अलि बोलिरहने पर्ने मान्छे पनि हुँ । लागिरहेको थियो उनी पनि मसँग बोल्न खोज्दै थिइन् ।

ओठसम्म आवाज आएरपनि अड्किएको जस्तो लाग्दै थियो । तर, चन्द्रौटा आइपुग्दा सम्म शुन्यता भंग भैसकेको थियो । हामी बोल्न थाल्यौं । लामो यात्रामा सँगै बसेको मान्छेसँग साथीझैं गफिन पाउँदाको मज्जा मैले लेखिरहनु पर्दैन । काठमाण्डौंको बानेश्वरमा बस्ने उनी हाल नेपाल कमर्श क्याम्पसमा बीबीए अध्ययनरत रहिछन् । घर भने प्युठानको बाग्दुला रहेछ । केही समयअघि बसाइ सरेर राप्ती गाउँपालिका अर्थात हाम्रै गाउँमा आएका रहेछन् उनका परिवार ।

हामी त अब छिमेकी भएछौ नी नाम के हो भनेर मैले सोधेँ । उनले मुस्कुराउदै जवाफ दिइन् ‘छिमेकीको नाम अब आफै पत्ता लगाउनुस् म त नभन्ने ।’ यतीभन्दा म केही समय बोल्नै सकिन चुप लागेर बस्न बाध्य भए । मलाई अल्लारे केटा भनेर नाम भनिनन् कि ? वा फेसबूकमा रिक्वेस्ट पठाउँछ भनेर पो होकी ? नाम नभनेको, यति सोच्दै गर्दा उनले आफ्नो नाम सुनिता गाहा मगर (नाम परिर्वतन)भएको बताइन् । छिमेकीको नाता जोडिसकेको हुँदा अब हामीलाई एकअर्काबीच गफगाफ गर्न कुनै असहजता बाँकी थिएन । गफ यसरी जम्न थाल्यो कि समय बितेको पत्तै भएन क्षणभरमा बुटवल पुगेछौं ।

अक्सर यति चाँडो बुटवल पुगेकोजस्तो अनुभव यसअघि मलाई भएको थिएन । उनले पनि मेरो बारेमा कुरा खोतन्न थालिन् । मैले आफ्ना बताउन मिल्ने जति सबै कुरा बताएँ । लामो समयदेखि स्वास्थ्य पत्रकारीता गर्दै आएको कुरा छुटाउने कुरै भएन । यती भनिरहँदा उनी एक्कासी केही भावुक देखिइन् । ‘के भयो’ मैले सोधे ? उनी बोलीनन् । म पनि केही समय चुप लागेरै बसें । विस्तारै उनले भोगेको कुरा सुनाउन थालिन् । ‘मैले तपाईलाई छिमेकी दाई मात्र भनेर होइन एउटा स्वास्थ्य पत्रकारको नाताले मेरो जीवनमा घटेको एउटा घटना सुनाउँदै छु ।’ मेरो मनमा खुल्दुली जाग्न थाल्यो, के घटना होला भन्ने लाग्यो । कान एकतमास उनका ओठबाट निस्किएको आवाजमा फोकस भयो । ‘केही सहयोग गर्न सक्छु की’ मैले सोधें । ‘हैन हैन मेरो समस्याको समाधान भइसक्यो, तपाईलाई सुनाउन मात्र लागेको’ उनले घटनालाई अलि सरलीकृत गरिन् । गाँउघरमा रहँदा घाँसदाउरा गर्नु प्राय नेपालीको नियमित कर्म नै हो । उनको पनि यस्तै घाँस दाउरासँग सम्बन्धित घटना रैछ । आठ कक्षामा पढ्दै गर्दा एकदिन दाउरा काट्न जङल जाँदा उनको योनीमा दाउराले कोतरेर घाउनै भएछ । यो कुरा दाउरा काट्न जाने तीनजना साथीलाई बाहेक परिवारलाई समेत भनिनन् उनले । त्यसपछि उनले सुनाउँदै गइन् । म एकटकले उनको आवाजमा केन्द्रित भएँ ।

सामान्य औषधि पसलबाट ल्याएको औषधिले बिस्तारै योनीमा भएको घाँउ निको हुँदै थियो । तर, समस्या थपियो । चञ्चल युवावस्था । मन कहाँ शान्तसँग बस्छ र ! गर्मीको समय थियो । नजिकै रहेको तालमा पौडी खेल्न जाने निर्णय गर्यौं । तर, तालमा पानी सफा भने थिएन । सायद तालको पानी सफा नभएर पनि होला त्यसपछि मेरो यौनीमा ससाना खटिरा आउन थाल्यो । उक्त खटिरा विस्तारै चिलाउन पनि सुरु भयो । यो कुरा साथीहरुलाई मात्र थाहा थियो । परिवारलाई भन्न सकेको थिइँन । तर, अन्तत म हिड्नै समेत नसक्ने अवस्थामा पुगें । मेरो अवस्था देखेपछि साथीहरुले घरमा भनिदिएछन् ।

आमाले पनि कोही केटासँग यसको सम्बन्ध त छैन भनेर सोध्नुभएछ । यति उनले सुनाउँदै गर्दा मैले उनको कुरो काटेर सोधिहालें ‘की फोहर पानी बहाना मात्र हो ?’ ‘कति हतार गर्नुभएको मेरो कुरा पुरा त सुन्नुस्, पत्रकार न पर्नु भयो’ उनले रिसाउँदै भनिन् । मैले टाउको मात्र हल्लाएर समर्थन जनाएँ । उनले थप्न थालिन्–कसैसँग पनि सम्बन्ध नभएको विश्वास दिलाएपछि आमाले उपचारका लागि बुटवल जाने भन्नुभयो । त्यसपछि म सारै डराएँ । ‘कसैसँग पनि सम्बन्ध नभएको भए किन डराएको त ?’ मैले फेरी प्रश्न गरें । ‘डाक्टरले देखाउन भन्यो भने के गर्ने नि ? त्यसमाथि पुरुष डाक्टर भएमा ?’ प्रश्नवाचक भावसहित उनले भनिन् । उनको मनमा लागेको डर पनि सायद जायज नै थियो । एउटा पुरुष डाक्टरलाई एउटी भर्खरकी युवतीले कसरी आफ्नो योनाङ्ग देखाउने ? चुप बस्न सकिनँ र मैले अर्को प्रश्न पसारेँ ‘अनी के भयो, पुरुष डाक्टर पर्यो की महिला ?’

‘पुरुष डाक्टर नै पर्यो नी’ उनले अलि सर्माएको झैं उत्तर दिइन् । ‘के भएको ?’ डाक्टरले सोधे । एलर्जी, मेरो मुखबाट फुत्त निस्कियो । ‘कहाँ ?’ डाक्टरले फेरी सोधिहाले । मेरो सातो उठ्नुको साथै लाजले भुतुक्कै भएँ । अब के भन्ने ? सायद डक्टरले कुरो बुझे होलान, मलाई सुत्न लगाए पाइन्ट खोल्न लगाए । मेरो हासहवास नै उड्यो । ‘अनि के गर्यौ’ प्रश्न सोध्न नपाउदै उनले भनिन ‘मनमा डर, त्रासका बीच बिस्तारै तल झारें, तर’ तर के ? मेरो मुखबाट फुत्किहाल्यो । ‘पाइन्टमात्र खोलेर भएन भित्र पेन्टी पनि थियो ।’ उनले लजाउँदै भनिन् ‘त्यसपछि डाक्टरले पेन्टी खोल्न आग्रह गरे । म दोधारमा परें अब के गर्ने । डाक्टर सापले नै आफै तल झारिदिनु भयो ।’ ‘उनले विस्तारै मेरो पेन्टी तल सारी योनाङ्ग हेरीरहदा आँखा चिम्म गरेर काँपी रहेको थिएँ । डाक्टर सापले भयो मात्र के भन्नु भएको थियो पाइन्ट माथि सारेर म हत्त न पत्त बाहिर दौडीएँ । त्यसपछि आमालाई डाक्टरले के भने खै आजसम्म पनि मैले सोधेको छैन’ उनले भनिन् ।

‘अनि अहिले कस्तो छ ?’ मैले साधें । ‘डाक्टरलाई हेर्ने बानी परेको हुन्छ’ उनले भनिन् ‘हामी जस्ता अविवाहितलाई अझ भन्दा भर्खर यौवनमा प्रवेश गरिरहेकालाई त साह्रैने अप्ठारो हुँदो रहेछ ।’ तर, यसले मलाई धेरै ठूलो पाठ सिकाएको छ । मेरो सानो गल्तीले ठूलो पीडा खेप्नुपर्यो । अहिले हरेकदिन योनाङ्गको सफा गर्नुको साथै पेन्टी पनि चेन्ज गर्ने गरेको छु । यो कुरा धेरै साथीहरुलाई सुनाउने गरेको छु ताकी उनीहरुले पनि यस्तो पिडा खेप्न नपरोस् । , उनले सुझाव सहित आफ्नो अनुभव सुनाइन् । ‘साथीहरुलाई सुनाउनु राम्रो तर, मलाई किन सुनाएको’ मैले प्रश्न गरें । ‘डाक्टरहरुसँग लजाउनु भनेको यौन तथा प्रजननसँग सम्बन्धित रोगहरुलाई बचाइराख्नु हो ।

त्यसैले तपाईले आफ्नो सञ्चारमाध्यमबाट जनचेतना जगाउनुस् भनेर सुनाएको हुँ’ उनले हाँस्दै भनिन् । उनले हल्का ढंगबाट भनेजस्तो लागेपनि साँच्चै यो सत्य थियो । मैले मनन् गरें । यस्तैयस्तै कुरा गर्दै हामीले काठमाण्डौसम्मको यात्रा तय गर्यौं । कलंकीबाट झरेसँगै हामी आआफ्नो बाटो लाग्यौं । सुनिता त एउटी उदाहरण मात्र हुन् । यस्तो घटना हरेकदिन भइरहेको हुन्छ । पुरुष डाक्टरलाई जचाउँन वा आफ्नो समस्या भन्न डराउँदा ग्रामिण क्षेत्रका महिलाहरु अझै आफ्नो रोग लुकाउन बाध्य छन् । उपचारमा संलग्न डाक्टरले पनि समय समयमा जाँच्ने नाममा महिलाका संवेदनशिल अंगहरुमा चलाउने, यौन दुव्र्यवहार गर्ने घटनाहरु सुनिनुले पनि महिलाहरु पुरुष चिकित्सकसँग सहजै प्रस्तुत नहुने समस्या अझै विद्यमान छ । यी दुवै चीज अन्त्य नुहँदासम्म थुप्रै सुनिताहरुले आफ्ना घाउहरु लुकाइ नै राख्छन् ।

The post सुनिता तब झस्किइन् जब डाक्टरले भित्री बस्त्र खोल्न भने पुरा खबर पढ्नुस ==>> appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DcT0sq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top