Photo of Milford Sound in New Zealand

तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समे हुने गर्दछ, यसले गर्दा मोबाइल प्रयोग कर्ताहरुलाई रिस पनि उठ्छ, तर के गर्नु यति महँगो मोबाइल कसरि ठेचारेरा फाल्नु।

अनि मोबाइल पसलमा गैर देखाउनु हुन्छ, पसलेले केहि पैसा लिएर ठिक पारिदिन्छ । यदि तपाईपनि यस्तै समस्याले ग्रसित हुनुहुन्छ भने खुशी हुनुहोस ।

हामिले तपाईहरुको यस्तै समस्याहरुलाई हल गर्नको लागी टेक गुरु हरि गुरुङ लाई आग्रह गरेका थियौं । उहाले निम्न लिखित टिप्सहरु दिनुभएको छ । यदि तपाइले निम्न लिखित टिप्स हरु लाई आफ्नो मोबाइलमा अपनाउनु हुन्छ भने तपाइको मोबाइल कहिल्यै ह्यांग हुदैन र साथ् साथै तपाइको मोबाइलको पर्फर्मेन्स पनि निकै गुणा बढेर जानेछ ।

फोनको यस्तो प्रकारको समस्यालाई हटाउनको लागि सबै भन्दा पहिला फोनको सेटिंगमा जानुहोस, त्यसपछि सबै भन्दा तल रहेको About Phone लेखिएको अप्सनमा क्लिक गर्नुहोस । त्यसपछि Build number लेखिएको अप्सनमा ६ देखि ७ पटक सम्म क्लिक गर्नुहोस ।

यसरि Build number लेखिएको अप्सनलाई ६ देखि ७ पटक सम्म क्लिक गर्नुभयो भने Developer Mode अन हुन्छ ।

अब ब्याक जानुहोस र अघिको About Phone लेखिएको अप्सन भन्दा माथि Developer Mode भन्ने नयाँ अप्सन आइसकेको हुन्छ । त्यस Developer Mode अप्सनमा क्लिक गर्नुहोस ।

जब तपाइले Developer Mode मा क्लिक गर्नुहुन्छ । त्यसपछि धेरै अप्सनहरु भएको अर्को स्क्रिन देख्नुहुनेछ । अब त्यसमा Animator duration scale भन्ने अप्सन देख्नुहुन्छ । त्यस अप्सन(Animator duration scale) मा क्लिक गरि सबैभन्दा कम नम्बरमा क्लिक गर्नुहोस अथावा Animation is off. भन्ने अप्सनामा क्लिक गर्नुहोस ।

यस्तो गर्नाले तपाइको मोबाइल फोनको स्पिड बढ्नेछ । र मोबाइलको पर्फर्मेन्सम कुनै समस्या आउनेछैन र कहिल्यै ह्यांग पनि हुनेछैन । यस्तै अन्य जानकारीहरु थाह पाउनको लागी हाम्रो फेसबुक पेज लाईक गर्नुहोस र नयाँ नयाँ जानकारी हरु प्राप्त गर्नुहोस ।

Developer Mode इनेबल गर्ने तरिकाहरु मोबाइलको कम्पनि अनुसार फरक फरक हुनसक्छ, जुन तल दिइएको छ

Stock Android: Settings > About phone > Build number

Samsung Galaxy S5: Settings > About device > Build number

LG G3: Settings > About phone > Software information > Build number

HTC One (M8): Settings > About > Software information > More > Build number
Donnepal, साभार ।

The post मोबाइल कहिल्यै ह्यांग (hang) नहुने यो टिप्स जान्नुहोस् र शेयर गर्नुहोस् ! तरिका यस्तो छ (पुरा विवरण हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j1BTnZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top