Photo of Milford Sound in New Zealand

पोखरा, १७ कात्तिक । मानिसको जीवनमा कहिलेकाँही बज्रपात नै आइपर्छ । कतिपयको प्राण पनि यसरी जान्छ कि आफूमात्र होइन्, त्यसले परिवारमा पीडा र आर्थिक छटपटी एकैपटक ल्याइदिन्छ ।

कास्कीको भलामका एक युवाको यस्तै दुःखद प्रस्थान भएको छ । मोटरसाइकल चढेर घरततर्फ जांँदै गर्दा बिजुलीको तार चुँडिएर लाग्दा गम्भीर घाइते भएका विष्णु बस्ताकोटीको उपचारका क्रममा शुक्रबार काठमाडौँ धापासीस्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा मृत्यु भएको हो ।

गत साउन २६ गते पोखरा लेखनाथ महानगरपालिका–२० भलामका वस्ताकोटी पोखरा रानीपौवाको बाटो हुँदै घरतर्फ जाँदै गर्दा बिजुलीको नाङ्गो तार खसेर लाग्दा गम्भीर घाइते भएका थिए । तीन महिनासम्म उनको उपचार गर्दा ग्राण्डी अस्पतालमा १ करोड ११ लाखको बिल आएको परिवारजनले बताएका छन् । विद्युत प्राधिकरणको लापरबाहीका कारण उनको ज्यान गए पनि प्राधिकरणले ११ लाख रुपैंयामात्र दियो । तर, उनको उपचारमा परिवारले १ करोड रुपैंया जुटाएको बताइएको छ ।

दैवको लीला, त्यति गर्दा गर्दा पनि परिवारले विष्णुलाई बचाउन सकेन् । विद्युत प्राधिकरणको लापरबाहीका कारण अकालमै उनको ज्यान गएको छ । विष्णुको निधनले कास्कीको भलाम यतिबेला शोकमा डुबेको छ ।

The post एक करोड ११ लाख रुपैँयाको बिल तिर्दा पनि बाँचेनन् विष्णु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A3r5IU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top