Photo of Milford Sound in New Zealand

काठमाडौँ । समाज सेवा संस्था, पद र पदकमा होइन दिल र दिमागमा हुनु पर्दछ: सुमन वस्ती धुर्मुश सुन्तली फाउन्डेसनले चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण गर्न लागेको बाढि पिडित बिपन्न समुदायका लागि एकीकृत बस्तीका लागी सिकागोमा सहयोग रकम संकलन गरिएको छ । एन.आर. एन. हेल्प डेस्कका केन्द्रिय सदस्य तथा इलिनोइ च्याप्टरका पूर्व अध्यक्ष सुमन वस्तीको संयोजकत्वमा स्वतस्फुर्त रुपमा सहायता रकम संकलन गरिएको हो ।

सामाजिक सञ्जाल तथा विभिन्न अखबारहरुमा धुर्मुश सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको सो बस्ती निर्माणमा केहि रकम नपुग हुन लागेको भन्ने समाचार आए पछि रकम संकलन गरिएको हो । फाउण्डेशनको यो अभियानलाई कसरी निष्कर्षमा पुर्‍याउन सकिन्छ भनी साथीभाईहरुसँग अनौपचारिक छलफल गरी अभियान चलाएको सुमन वस्तीले बताए । केहि रकम जम्मा भईसकेको तथा केहि रकमको आश्वासन आएको बताईएको छ ।

मातृभूमिमा परेको बिपतमा एउटा सभ्य नागरिक हुनुको नाताले आ-आफ्नो स्थान बाट जे जस्तो योगदान गर्न सकिन्छ त्यो योगदान गर्नका लागी पछि पर्न नहुने सोहि अभियानमा सक्रिय सिकागोका समाजसेवी बिदुर अधिकारीले बताए । अभियान्ता सुमन वस्तीले समाजसेवा संस्था, पद र पदकमा नभई दिल र दिमागमा हुनुपर्ने बताए । केहि समय मात्रै खर्चेर सहयोग रकम संकलनका लागि पर्खने र यथासक्य छिटो सो रकम धुर्मुश सुन्तली फाउन्डेसनलाई उपलब्ध गराइने बताईएको छ ।

The post धुर्मुश सुन्तली फाउन्डेसनका लागी अमेरिकाबाट आयो फेरी अर्को एउटा खुशीको खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ATJxFh
via IFTTT

0 comments:

Post a Comment

add

 
Top