Photo of Milford Sound in New Zealand

काठमाडौं–प्रदेश र प्रतिनीधिसभाको चुनाव नजिकिदै गर्दा देशभर चुनावी प्रचारमाथि अवरोध र हमलाका घटना बढेका छन् । यस्तो अवरोध र हमलामा राज्यले नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपालाई जिम्मेवार ठानेको छ ।

तर, नेकपाले भने अहिलेसम्म घटनाको औपचारिक जिम्मेवार लिएको छैन् । बरु, सो पार्टीका नेताहरु यस्ता घटनालाई जनताको प्रतिरोध भनेर ब्याख्या गरेका छन् । औपचारिक जिम्मेवार नलिएपनि यस्ता घटनामा नेकपाका कार्यकर्ताहरु सहभागी भएको सूत्रहरु बताउँछन् ।

यहीँकारण राज्यले जहाँत्यहीँ सो पार्टी नेता–कार्यकर्तालाई पक्राउ शुरु गरेको छ । यस्तो अबस्थामा के हुन सक्छ, यसै विषयमा नेकपाका पोलिटव्यूरो सदस्य भरत बमलेरातोपाटीसँगको कुराकानीमा भनेका छन् । उनले पनि औपचारिक रुपमा चाहिँ जिम्मेवारी लिएका छैनन् । बरु, घुमाउरो जवाफ दिएका छन् ।

उनीसँग गरिएको कुराकानी यस्तो छ :

चुनाव बहिस्कार र खारेज हाम्रो घोषित नीति हो । पछिल्लो पटक चुनाव खारेजका लागि जे जस्ता घटना भएका छन्, यसले जनताभित्रैबाट चुनाव चाहेका छैनन् भन्ने पुष्टी गर्छ । जनताले केही महिना अगाडि स्थानीय चुनाव हेरे, समस्या जहाँको त्यहीँ रहे । चुनावमात्र समस्याको हल होइन भन्ने कुरा जनताले बुझेका छन् । त्यसकारण पछिल्ला जे जस्ता घटना भएका छन, ती जनताको चाहनासँग मेल खाएको देखिन्छ ।

राज्यले जनताको न्यूनतम राजनीतिक अधिकार प्रयोग गर्न दिएको छैन । भोट हाल्ने जस्तै नहाल्ने पनि अधिकार हो भन्ने कुरा बुझ्नुपर्छ । राज्य दमनमा आएको छ । यसमा जनताको स्वतफूर्त प्रतिरोध भएको छ ।

राज्यले जसरी देशभर धरपकड शुरु गरेको छ । जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिएको छैन । यसले राज्य फासिवादी दिशातिर अगाडि बढेको देखिन्छ । अहिलेको लोकतन्त्र, गणतन्त्र जनताको पक्षमा छैन । दलाल पुँजीवादी चरित्रको छ । उनीहरुको पक्षमा छ ।

स्थानीय चुनावमा पनि हाम्रा ६०० भन्दा बढी नेता–कार्यकर्ता पक्राउ परे । उनीहरुलाई चुनावमा भाग नलिने अधिकारबाट बंजित गर्न खोजियो । जनतालाई जेलमा राखेर कस्तो चुनाव गर्न खोजेको ?

चुनावलाई महाउत्सव भनेका छन् । यो राष्ट्र र जनताको पक्षमा छैन ।
मलाई लाग्छ, अहिले जे जस्ता घटना भएका छन् । यी सवै दमनको अनिवार्य परिणाम हो । जनता जसरी भोट हाल्न पनि सहभागी हुन्छन, त्यसै गरी भोट नहाल्न पनि पाउँछन भन्ने बुझ्नुपर्यो

भोट हाल्दा लोकतन्त्रवादी भइने, नहाल्दा नहुँने ? यस्तो पनि हुन्छ ।
अहिलेको लडाईं क्रान्ति र प्रतिक्रान्तिवीचको टक्कर हो । राष्ट्रिय स्वाधिनता र दलालीकरणबीचको लडाईं हो ।
राज्य फासिवादी बाटोमा छ । शासकहरुले राजनीतिक समस्या छ भन्ने सोचेका छैनन् । हामीलाई सुरक्षा थ्रेट मान्छन् । विमानस्थल र सीमामा के के भएको छ, त्यहाँ सुरक्षा थ्रेट देख्दैनन् । दिनदहाडै काठमाडौंमा गोलि चल्छ, त्यहाँ सुरक्षा थ्रेट देख्दैनन् । राजनीतिक अ

धिकारका कुरा गर्नेहरुलाई सुरक्षा थ्रेट देख्छन्, यो फासिवादी सोच हो ।
दमन बढ्दै जादा संघर्ष र प्रतिरोध पनि बढ्छ । हामी मतदानलाई केन्द्रमा राखेर नेपाल बन्द गर्छौँ । हाम्रो यो घोषित नीति हो

The post जहाँत्यहीँ बम पड्केपछि विप्लवका नेताको बयान: “अव यसकारण नेपाल बन्द हुन्छ” (थप विवरण हेर्नुहोस्) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yS0EG0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top