Photo of Milford Sound in New Zealand

एउटा हातमा लौरो साहरा अर्को हातमा श्रीमति, गुल्मी अर्वेनीका लालबहादुर सुनारको कस्तो शौभाग्य ७८ वर्षको उमेरमा विवाह हुँदा छोरा र नाती जन्ती , सिडियो प्रमुख अतिथी ।

यसअघि अर्वेनी ५ का लालबहादुर सुनारले स्थानिय व्राम्हण समुदायकी ४३ वर्षिया महिला सवित्रा न्यौपानेसंग प्रेम सम्वन्ध राखेको आरोपमा गाउँ निकला भई त्यहाँका सिमित मानिसहरुले उनको घर भत्काउन लगाई वनवास पठाएको खवर स्थानिय र राष्ट्रिय सञ्चार माध्यममा आई सकेको छ ।

उनै लालबहादुर र सावित्राले त्यो उमेरमा पुनरविवाह गरेका हुन् । जुन स्थानमा अभद्र व्यहबहार गर्दै गाउँ निकला गरिएको थियो त्यसै स्थानबाट बाजा बजाउँदै उनिहरुलाई नव दम्पत्तीका रुपमा माथी रहेको घरमा लगेर स्थानियवासी, दलित अधिकारकर्मी र सरकारी अधिकारी सहितको टोलीले भित्राएका थिए ।
अभद्र व्यवहार गरिएको स्थान अर्वेनी गाविस भवनको प्राङ्गाणमा आयोजित पुनस्थापना कार्यक्रममा ति दुवैलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले दोसाल्ला ओढाँउँदै दुई हात जोडेर अभिनन्दन समेत गरेका छन् ।

भत्काईएको उनको घर स्थानिवासीले बनाएर उनिहरुलाई स–सम्मान पुनस्थापना र नौमति बाजामा नाच गान गर्दै पुनरविवाह समेत गरी दिएका छन् । पहिला खरले छाएको घर थियो अहिले टिनको छानाले छाईएको छ , दुई वटा कोठा र चिटिक्क परेको शौचालय समेत बनाईएको छ ् ।
गाविस भवनबाट पुनरविवाहको टिका–टाला ग्रहण गर्र्दै बाजा गाजाका साथ अगाडी बढ्दै गरेको बेला ति नव दम्पत्तीलाई प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले सुखत दाम्पत्य जिवनको शुभकामना समेत दिए । उनको शुभकामना ग्रहण गर्दै लालबहादुर एउटा हातमा लौरो टेक्दै र अर्को हातले नवदुलहीको हात समाउँदै लागे उकोलो तिर झण्डै डेढ महिना पछि नवनिर्मित घरमा पस्न ।

करिव १५ मिनेटको उकालोबाटो सम्म उनले नवदुलहीको हात छाडेनन् । हसीन र लल्जालु मुद्रमा सावित्राले पनि उनको हात थमाई रहेकी थिईन् । सदरमुकामबाट पुगेका दर्जनौ दलित अधिकारकर्मी , मानवअधिकारकर्मी , पत्रकारहरु सयौं स्थानियवासी जन्तीका रुपमा गाविस भवन देखि माथी एक्लो जंगल विचमा रहेको उनको घरमा पुग्दै गर्दा खुशीले गद्गद ति दम्पत्ती घरको आँगन रुपी वारीमा पुगरे दुबै जना बाजा तालमा कम्मर मर्काउँदै नाचे ।

४३ वर्षिया वेहुली नाँच्दा नाच्दै अलि लजाए जस्तो गरिन् । ७८ वर्षिय बेहुलाले उनलाई अझै नाच्न संकेत गर्र्दै थिए । बेहुलीको लज्जालु मुद्रलाई ध्यानमा राखी जिल्लाबाट पुगेका उत्पीडित जातिय मुक्ती समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले भैगो उहाँ लजाउनु भयो अव भित्र पसाउने काम गरौं भने । भित्र पसाउने क्रममा नन्दको ठाउँमा बुहारी दैलोमा उभिएकी थिईन् भने ३८ वर्षिय छोरा अनुराम र ३ वर्षिय नाती जन्तीको पंक्तिमा े उभिएका थिए । काँदाकुरी छोरालाई लगाएर उभिएका अनुराम पनि निकै हर्षित मुद्रामा देखिन्थे । कस्तो लागेको छ त हिजो गाउँ निकला भएका तपाईहरुलाई आज स–सम्मान घर भित्रिन पाउँदा ? भन्ने प्रश्नमा ति दुवैले भने–‘ असाध्धै खुशी छौं सवैको जय होस् । ’ २२ वर्ष अघि श्रीमतिको मृत्यु भई बेसहरा भएका लालबहादुरले जोडी पाएकोमा औधी खुशी हुनु स्वभाविकै थियो । त्यति नै खुशी प्रमुख जिल्ला अधिकारी देखि सहभागी सवै थिए । धेरैले बाजा तालमा नाचेर खुशीयाली मनाएका थिए ।हेर्नुहोस भिडियो

The post ७८ वर्षको उमेरमा बाजा बजाएर विवाह, छोरा र नाती जन्ती, सिडियो प्रमुख अतिथी हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AjfENF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top