Photo of Milford Sound in New Zealand

एजेन्सी: इन्टरनेट सर्च इन्जिनका बादशाह गुगलका सिइओ (प्रमुख कार्यकारी अधिकृत) सुन्दर पिचाइले मासिक १ अर्ब ६० करोड रुपैँया तलब पाउने गरेका छन्। सन् २०१६को सुरुवातमा पिचाइको एक वर्षको तलब करीब एक २० करोड अमेरिकी डलर तलब आएको थियो।
उनलाई सन् २०१५मा मिलेको तलबको दुई गुणा हो।उसले यो सबै पैसा शेयरमा लगानी गर्ने गरेको अमेरिकी न्यूज च्यानल सीएनएनले जनाएको छ।

पिचाईले कसरी पाए यति धेरै तलब?
सन् २०१६ मा ४४ वर्षीय पिचाइले ६ लाख पचास हजार डलर तलब पाएका उनले सन् २०१५ मा ६ लाख ५२ हजार ५ सय डलर तलब खाएका थिए। तर जब सन् २०१५ मै गुगललाई रिस्ट्रक्चर गर्ने समय आयो। तब उनलाई सिइओ बनाइयो र सन २०१६ मा १९.८७ करोड डलर अर्थात २० करोड तलब पुग्‍यो। यो सन् २०१५को कमाईको दोब्बर तलब भयो। उसलाई गुगलको नयाँ संरचना र नयाँ प्रडक्ट बनाएकोमा तलब दिउको समाचार सीएनएनले रिपोर्टमा उल्लेख गरेको छ।
रिपोर्टमा उल्लेख गरिए अनुसार पहिलो पपुलर ब्राउजर क्रोम र गुगल एन्ड्रोइडलाई सार्वजनिक गरेर विश्‍वलाई ध्‍यानाकर्षण गर्न बाध्‍य गराए।यसका साथै सन् २०१६ मै पिचाइले गुगलको स्मार्टफोन्स, फ्लाइङ कार, भर्चुअल रियालिटी हेडसेट, व्‍याइस कन्ट्रोल्डस स्मार्ट स्पीकरलगायतका विश्‍व परिवर्तन गर्ने प्रविधिलाई भित्र्‍याउनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
यसका साथै पिचाइकै पालादेखि गुगलले युट्युबबाट पैसा कमाउने तरिका समेत अपनाएका थिए। यति मात्रै नभएर उसले मेसिन लर्निङ र क्लाउड कम्प्युटिङको सुरुवात गरेका थिए।

को हुन सुन्दर पिचाई ?
सुन्दर पिचाईको पुरा नाम सुन्दरराजन पिचाई हो। उनी भारतको मदुरै, तमिलनाडुमा सन् १९७२ जुलाई १२ तारिकमा जन्मिएका हुन्। भारतको आइआइटी खडकपुरबाट बीटेक तथा स्ट्याण्डफोर्ड विश्वविद्यालयबाट एमएस गरेपछि उनले अमेरिकाको पेन्सिलवेनिया यूनिभर्सिटीबाट एमबीएको डिग्री पनि हासिल गरे।
सुन्दरले लामो समयदेखि गुगलमा कर्मचारीको रुपमा रहेर काम गरिरहे। यसपछि उनले सन् २०१५मा गुगलको सिइओ भएर पूर्ण रुपमा जिम्मेवारी सम्हाल्ने मौका पाए।

The post यि हुन मासिक १ अर्ब ६० करोड रुपैँया तलब खाने ब्यक्ती … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hkISIa
via IFTTT

0 comments:

Post a Comment

add

 
Top