राजधानी छिर्दा मसँग सपनाका चाङ थिए । प्रवेशिका परीक्षा उतिर्ण गरेर राजधानीको प्रवेश गर्दै गर्दा मैले सोचेकी थिएँ, ‘कुनै दिन राजधानीबाट ठूलो न्छे बनेर आफ्नो गाउँ फर्किने छु ।’
थाहा थियो, सपना सप्पैका पुरा हुँदैनन् । जसले आफूले देखेका सपनामा छाँद हाल्दै अगाडि बढिरहन्छ उसैले सपनालाई विपनामा परीणत गर्न सक्छ । अक्सर म सपना देख्ने गर्दथेँ । सपना देख्न मलाई रात पर्नु पर्दैनथ्यो । दिउसै पनि म सपना देख्थेँ । मलाई विश्वास थियो, अचेत अवस्थामा देखिएको सपना भन्दा सचेत अवस्थामा मथिङ्गलमा कोरिएका कल्पनाले नै मुर्तता पाउन सक्छन् । त्यसैले मैले सपना देख्न छाडिनँ ।
खर काट्न खर्क उक्लँदा होस् या पाखाहरूमा घाँसको फेरो मार्दा होस् म तिनै सपनाहरूमा हराइरहेकी हुन्थेँ । किनकी मलाई सपनाहरू निकै मिठा र गुलिया लाग्दथे ।
प्रवेशीका परीक्षा उतिर्ण गरेर सहर त छिरेँ तर सहरमा सपना पुरा गर्न त्यती सहज थिएन । गाउँका दुःख, कष्ट र पीडाले चितोथोरिएको म यहाँ आएर रातारात सपनाको संसारमा हराई हाल्न सम्भव थिएन । राजधानी हेर्दा जति आकर्षक र मनमोहक लाग्थ्यो बुझ्दै जाँदा यहाँभित्र निकै दुःख र बेदनाका कथाहरू सन्निहित रहेछन् । सवैका अनुहार हतास, त्रास, करूणा र रोदनले भरिएका हुँदा रहेछन् । आफैँबाट भागिरहेका, अभाव वियोगमा कतै हराएका भावसून्य भीडमा म पनि मिसिन आइपुगेँ । हो, त्यस पछि सुरूभयो मेरो दुःखदायी यात्रा ।
अचेल ति दिन सम्झँदा मेरा आँखाबाट बलिन्द्रधारा आँसु खस्छन् । पीडाले मन भक्कानिन्छ, गरुङ्गो भएर आउँछ । व्यथाले मन झन् आक्रान्त हुन्छ । वास्तवमै म दलदलमा फसेँ । चाहेर फसेँ की नचाहेरै फसेँ त्यो त म के जानूँ र !
म बि.सं.२०५९ सालको दशैँ पछि पहिलोपट काठमाडौँ खाल्डोमा प्रवेश गरेको हुँ । त्यतीवेला मुलुकमा संकटकाल थियो । काम गरेर खाने अवस्था थिएन । नयाँ मानिस देख्दा, भेट्दा पनि आत्तिनुपर्ने अवस्था थियो । प्रवेशीका परीक्षा त पास गरियो तर त्यसभन्दा माथि पढ्ने र परिवारले पढाउने अवस्था थिएन । यसो भन्दा फरक पर्दैन हाम्रो परिवार गरिवी, अभावले यति विघ्न थिचिएको थियो, जसका कारण मेरो चाहना सायदै पुरा हुन्थ्यो । र पनि मनमा थुप्रै सपना थिए जसले मलाई अगाडि बढ्न घच्घच्याई रहन्थ्यो । मनका ति रूमानी सपना मलाई लाग्दैनथ्यो अनायास ओइलाएर झरुन् । अभावले खङ्ग्रङ्ग सुकुन् । चैते खडेरीझैँ नांगिउन् । उजाडिउन् ।
त्यसपछि म काठमाडौँको एक सरकारी कलेजमा भर्ना भएँ । आन्दोलनको मौसम पनि थियो त्यतिवेला । तत्कालिन राजा ज्ञानेन्द्रले चालेको १९ असोजको कदम पछि विद्यार्थीहरू आन्दोलित भएका थिए । दिनुहँ जसोको आन्दोलन, प्रहरी विद्यार्थीबीचको दोहोरो झडपले क्याम्पसहरू रणभुमीमा परीणत भएका थिए । पढ्ने वातावरण थिएन । कालोपुल नजिकै कोठा भाडामा लिएको थिएँ त्यसवेला मैले ।
कोठाभाडा मासिक सातसय रुपैँया थियो । महिनामा त्यस्तै दुई तिनहजार खर्च चाहिन्थ्यो । सुरुवातको दुई महिना त घरबाटै पैसा ल्याएर खर्च चलाएँ । त्यसपछि घरबाट पैसा ल्याएर यहाँको खर्च चलाउन अफ्ठ्यारो लाग्न थाल्यो । सोचेँ अव केही काम खोज्नु पर्दछ । काम त खोज्ने तर कहाँ ? कसरी ? कुनै ज्ञान थिएन । चिनेका मान्छे पनि थिएनन् ।
म नजिकै कोठमा बस्ने एक जना दिदी थिइन् । सायद पूर्व तिरको थिइन् । आकर्षक जिऊडाल भएकी उनी प्रायः मेरो कोठमा आइरहन्थिन् । एक्लै भएकाले म कहाँ नै खाना खाउँ भन्थिन् । मैले उनको कुरा नकार्न नसकेर उनीकहाँ नै खाना खान्थेँ ।
यस्तैमा उनले तिमी काम गर्ने भए म एक ठाउँमा भन्दिन्छु भनिन् । मैले पनि काम खोजेको निकै भएको थियो तर पाउन सकिराखेको थिइनँ । उनको त्यो कुरा सुन्नासाथ उत्साहित भएर हुँन्छ भनेँ ।
भोली पल्ट उनले मलाई ठमेल लगेर गइन् । कर्मचारी सञ्चयकोसको भित्रि गल्लीबाट केही पर उनले भनेको अफिस रहेछ । त्यो मसाज पार्लर थियो ।
काम के हो, कसरी गर्ने, के गर्ने कुनै जानकारी थिएन । म त त्यही दिदीको पछि लागेर गएको थिएँ ।
त्यस अफिसमा म जस्तै अरु दुई जना महिला थिए । दिदीले के कुरा गरिन्, मलाई थाहा भएन हामी त्यहाँ आधा घण्टा पनि नबसी भोलीबाट काम सुरू गर्ने भनेर डेरामै फर्कियौँ । दिदीले बाटामा काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भनिन् । काम पाइयो भनेर मन ढुक्क भयो । भित्रभित्रै फुरुङ्ग भएँ ।
भोलीपल्ट तोकिएको समयमै अफिस पुगेँ । तर, काम मैले सोचे र कल्पना गरे भन्दा नितान्त भिन्न थियो । आवश्यकताले मलाई यति निचोरेको थियो की मैले त्यो काम नगरी धरै थिएन ।
मैले त्यहाँ आएका ग्राहकहरूको मसाज गर्ने काम गरेँ । सुरुवाती दिनहरूमा मलाई त्यस्तो काम नगरौँ नलागेको होइन । आफूले गर्न थालेको काम प्रति आफैँलाई चित्त बुझेको पनि थिएन । काम सम्झेर र आफ्नो दुःख सम्झेर म घण्टौँ रुन्थेँ । के गर्नु बाध्यता निर्मम हुँदो रहेछ !
तर त्यहाँ आएका ग्राहकले दिने पैसाले मन लोभिँदै थाल्यो । प्रायः उच्च घरानीयाका व्यक्तिहरू र विदेशीहरुनै त्यहाँका ग्राहकहरू हुन्थे । उनीहरूले भनेजति पैसा दिन्थे । म मेहनत गर्ने नै भएकाले मसाज पार्लरको धनीले पनि छिट्टै विश्वास गर्यो ।
काम सुरू गरेको दुई महिना भर्खर हुँदै थियो । त्यस्तैमा एक जना ग्राहकले मलाई अचम्मको प्रस्ताव राखे । ति ग्राहक त्यहाँ नियमित पनि आउँथे र मसाज गराउन मलाई नै रोज्थे ।
उनको प्रस्ताव मैले स्वीकार्न सक्ने अवस्था थिएन । तर, उनको प्रस्ताव नस्वीकारे साहुले भोलीबाट काममा नआउनु भने । त्यसपछि बाध्य भएर मैले उसलाई शरीर सुम्पनु पर्यो । त्यसपछि त्यहाँ आउने थुप्रै ग्राहकले मलाई नै आँखा लगाउन थाले । म उनीहरूको यौनको भोक मेटाउने साधन बन्न पुगेँ । र म नचाँहदा नचाँहदै यौनकर्मको दलदलमा फस्न पुगेँ ।
त्यो झण सम्झँदा अहिले पनि मन अमिलो हुन्छ र आँखाबाट आँसु खस्छ ।
त्यो मसाज पार्लरमा मैले त्यस्तै एक वर्ष काम गरेँ । त्यसपछि म अर्को मसाज पार्लरमा गएँ । त्यहाँ तीन वर्ष बिताएँ ।
मसाज पार्लर पछि पेशेवर यौनकर्मी
मसाजपार्लरको त्यो कर्म पछि म कतिखेर पेशेवर यौनकर्मी बन्न पुगिसकेछु । मसाज पार्लरमा आउने ग्राहकहरू नै मेरा नियमित ग्राहक हुन थाले । अचेल म तिनै नियमित ग्राहकहरूको यौन चाहना पुरा गरे जीवन धान्न विवश छु ।
मेरो यो कामबारे मेरा घर परिवार कसैलाई थाहा छैन । मेरो आर्थिक अवस्था पनि राम्रै छ । पछिल्लो समय घरमा विवाह गर्न कर गर्न थालेका छन् । तर, विवाह गरेर सामाजिक जीवन अगाडी बढाउने अवस्था छैन । मसँग यौनसन्तुष्टि मेटाउन आउने ग्राहकले पनि विवाह गरौँ नभनेका होइनन् । उनीहरूसँग बैवाहिक जीवन टिकाउ हुनेमा मलाई खासै विश्वास छैन ।
गरिवी, अभाव र आवश्यकताले म यो पेशामा लाग्न बाध्य भएँ । आज म जस्तै युप्रै यौनकर्मीहरू रहरले भन्दा पनि बाध्यताले यही पेशामा लागेका छन् । दलदलमा फसेका छन् । तर उनीहरू सवै यो पेशाबाट बाहिर आउन चाहन्छन्।
यौनकर्मी रमा केशी (नाम परिवर्तनसँग) कुराकानीमा आधारित)
The post काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भन्दै दिदीले मलाई ठमेल लगिन appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AlZCWJ
via IFTTT
0 comments:
Post a Comment