Photo of Milford Sound in New Zealand

मुम्बई: निर्माणको अन्तिम चरणमा रहेको फिल्म ‘२.०’ अहिलेसम्मकै सबैभन्दा महँगो भारतीय फिल्म बन्ने भएको छ । रोबोटको सिक्वेलका रूपमा निर्माण गरिएको फिल्मको लागत चार सय पचास करोड भारु छ । फिल्ममा दक्षिण भारतीय महानायक रजनीकान्त हिरो छन् भने बलिउडका एक्सन स्टार अक्षयकुमार भिलेनका रूपमा देखा पर्ने भएका छन् । स्पेसल इफेक्टका लागि फिल्ममा पानीसरी पैसा बगाइएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । फिल्मका निर्देशक शंकर हुन् ।

समाचार एजेन्सीका अनुसार अक्षयकुमारले यो फिल्ममा भिलेनको भूमिका निर्वाह गर्न ५५ करोड भारु लिएका छन् । उनले निर्वाह गरेको यो भूमिकाका लागि सुरुमा कमल हसन, ऋतिक रोशन र आमिर खानलाई आग्रह गरिए पनि उनीहरूले भिलेनका रूपमा अभिनय गर्न अस्वीकार गरेका थिए । त्यसपछि अक्षयले भारी रकम लिएर यो भूमिका स्वीकार गरेका हुन् । फिल्ममा नायिका बनेकी छन् एमी ज्याक्सन । रजनीकान्तसँग काम गर्न पाउनु नै आफ्नो अहोभाग्य रहेको बताएकी उनलाई पनि चार करोड पारि श्रमिक दिइएको छ ।

फिल्मका नायक रजनीकान्तलाई भने अक्षयको भन्दा कम पारि श्रमिक दिइएको छ । अहिले उनलाई पचास करोड दिइएको छ तर फिल्म ब्लकबस्टर भयो भने उनको पारि श्रमिक असी करोड पुग्ने सर्त राखिएको छ ।

फिल्मका निर्देशक शंकरलाई पच्चीस करोड दिइएको छ । संगीतकार एआर रहमानलाई पनि महँगो पारि श्रमिक दिइएको छ । २६ जनवरी २०१८ मा रिलिज हुने यो फिल्मका विभिन्न क्षेत्रको राइट्स पनि महँगोमा बिकिरहेको बताइएको छ । तर, यसको रिलिज डेट अझै पछि सर्ने सम्भावना रहेको पनि निर्माण कम्पनीले उल्लेख गरेको छ ।

हालै १५ करोड खर्चेर दुबईको बुर्ज पार्कमा फिल्मको म्युजिक लन्च गरिएको थियो । कार्यक्रममा संगीतकार एआर रहमानले लाइभ म्युजिक प्रस्तुत गरेका थिए भने फिल्मका हिरो रजनीकान्त आफ्नो टिमसहित छुट्टै हेलिकोप्टर चढेर दुबई पुगेका थिए । एजेन्सी

The post अक्षयकुमारले यो फिल्ममा अभिनय गरे बापत लिदै छन ५५ करोड ……… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zcHmvT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top