Photo of Milford Sound in New Zealand

यो नाम हो डेनी जनसनको जो आजको संसारमा एक रिलेशनसिप मार्केटिङको चर्चित अनुहारको रुपमा चर्चित छिन् । यसका साथै उनको नाम सफल लेखिका, वक्ता र वित्तिय विज्ञ भनी जोडिएको छ ।

आज डेनी एउटा यस्तो कम्पनी निर्देशन गरिरहेकी छिन् जहाँबाट मानिसहरुलाई कर्पोरेट ट्रेनिङ दिइन्छ । डेनीको सफलताको कथा फोब्र्स म्यागजिनमा पनि आइसकेको छ ।

डेनी अहिले क्यालिफोर्नियामा बस्छिन् । पहिलो श्रीमानको धोका पछि उनले हेन्स जोनसोनसँग दोस्रो विवाह गरिन् । यी दुईका चार सन्तान छन् ।
भिन्न भिन्न पुरुषसँग सेयर गरिन् बेड

डेनीले मात्र एक वर्षमै करिब २.५ करोड रुपैयाँको कमाइ गरेकी छिन् । आज उनी संसारकै निकै सफल व्यक्तिमा गनिन्छिन् ।

यसका साथै डेनी र उनका श्रीमान हेन्सले आफ्नो ९० प्रतिशत सम्पत्ति दान गर्ने निर्णय पनि लिएका छन् । तर यहाँसम्म पुग्न डेनीले निकै ठूलो कष्टको सामना गर्नुपरेको थियो ।

जसमध्ये यौनकर्म पनि एक थियो । डेनीका अनुसार उनको जीवनमा यस्तो दिन पनि आयो जब उनले पेट पाल्नका लागि ८ भिन्न–भिन्न पुरुषसँग बेड सेयर गर्नुपरेको थियो । उनले टन्न खाना खानको लागि मात्र उनीहरुलाई आफ्नो शरिर सुम्पिएकी थिइन् ।
कम उमेरमै छोडे जँड्याहा आमा बुवाले, श्रीमान् पनि ठग निस्किए

डेनीको जिन्दगी बाल्यकालदेखि नै तनाव रह्यो । उनको माता–पिता धेरैजसो नशामा हुन्थे । डेनी सानो हुँदा नै उनका आमाबुवाले उनलाई छोडेर गएका थिए । त्यसपछि डेनीको विवाह जो सँग भयो उनी पनि ठग निस्किए ।

उनका श्रीमानले उनको भएभरको सबै कुरा खोसे । डेनीसँग एउटा कार मात्र थियो जहाँ उनले आफूलाई राख्न सक्थे । यही क्रममा उनले ८ भिन्नभिन्न पुरुषसँग बस्न बाध्य भइन् । उनले त्यही ताका ककटेल वेट्रेसको रुपमा पनि काम गरेकी थिइन् ।
यसरी पाइन् बिजेनसको आइडिया

त्यतिबेला उनी कोकिनको आदी भइसकेकी थिइन् । डेनीका अनुसार यो लतमा उनी एक यौनकर्मी बनिसकेकी थिइन् । तर उनको जीवनको अन्धकार सन् १९९० को क्रिसमसमा उज्यालियो ।

डेनीले त्यतिबेला आफ्नो कारमा तौल कम गर्ने एक किताब भेटिन् । यो किताब उनले आफू ठगिनु पहिले किनेकी थिइन् । यहाँबाट उनलाई एउटा आइडिया आयो र उनले उत्पादक कम्पनीलाई फोन गरेर त्यहाँबाट यो सामग्री किन्ने निर्णय गरिन् । यही बेचेर उनले करिब ४ हजार डलर जुटाइन् ।
आज ६ कम्पनीकी मालिक हुन् डेनी

त्यसपछि यो सिलसिला चल्दै गयो र उनले अर्को वर्ष करिब २.५ लाख डलर र पछि करिब १० लाख डलरसम्म कमाइन् । यो व्यवसायले डेनीलाई लागुपदार्थको दलदलबाट बच्न सहयोग गर्यो ।

त्यसपछि डेनीले आफ्नो किताब लेखिन् जसको नाम ‘स्पिरिट ड्रिभन सक्सेस’ थियो । यो किताबबाट उनले सफलता हाँसिल गरिन् र उक्त किताब सर्वाधिक बिक्रि भयो ।

आज डेनी आफै करोडौंको मालिक हुन् र ६ कम्पनी चलाइरहेकी छिन् । आज उनलाई एक सफल सेलिब्रिटीको रुपमा चिनिन्छ

The post कुनै दिन पेट पाल्नका लागि यौनकर्मी बनेकी डेनी आज ६ कम्पनीकी मालिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hWu53q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top