Photo of Milford Sound in New Zealand

आनन्द पोखरेल ! चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा यात्रु बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा ८ जना यात्रुको ज्यान गएको छ

काठमाडौँबाट अर्घाखाँचीको लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा यात्रु बस सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

घाइते अवस्थाका बालक को हुन् ?

यही घटनामा परेका एक नाबालक पनि दुर्घटनास्थलमा भेटिएका छन् । घाइते अवस्थामा भेटिएका यी बालकका अभिभावकको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

सात जनाको ज्यान गएको र २५ जना घाइते भएको यो घटनामा परेका बालकको अहिले भरतपुरको सानो मेडिकल कलेजमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका ती बालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ । चिकित्सकहरुले सबै घाइतेहरुको उपचार जारी रहेकाले तत्काल केही पनि नबोल्ने बताएका छन् ।

चितवन ल्याइएका घाइते र मृतकहरुमध्येबाट नाबालकका अभिभावकको पत्ता लागेको छैन । प्रहरीले नाबालकका अभिभावकलाई काठमाडौँ लगिएकोबारे पनि जानकारी लिइरहेको छ ।

एकजनाको मात्रै सनाखत !!

यो घटना लगत्तै छ जनाको शव भेटिएको थियो । त्यसपछि कुरिनटारको गोताखोर प्रहरीले त्रिशूलीबाट एकजनाको शव निकालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकमध्ये देवदह नगरपालिका वडा नम्बर १० नवलपरासीका दिपक पाण्डेको मात्रै परिचय खुलेको छ । दुर्घटनामा मृत्यु भएका सबैको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

बसका सहचालक सुनील क्षेत्रका अनुसार बसमा ३२ जना सवार थिए । २४ जना घाइतेमध्ये १५ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई एम्बुलेन्स र दुईजनालाई हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । चारजनाको स्थानीय मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको पन्तले बताए ।

सचिवका भाइ बेपत्ता

दुर्घटनामा एकजना यात्रु हराइरहेका छन् । नेपाल सरकार उर्जा आयोगका सचिव मधुसुधन अधिकारीका दाजु अर्घाखाँची घर भएका नुदराज अधिकारी हराइरहेको प्रहरीले जनाएको छ ।

उपचारका लागि भरतपुर ल्याइएकामध्ये नौ जनाको मात्रै परिचय खुलेको छ । घाइते भएकामध्ये बसका चालक कपिलबस्तु घर भएका ४० वर्षीय यमबहादुर क्षेत्री, सहचालक प्युठान घर भएका २० वर्षे सुनील क्षेत्री, अर्घाखाँचीकी २१ वर्षीय ईन्दिरा दमासे, अर्घाखाँचीकै २० वर्षीय सन्दिप दमासे र अर्घाखाँचीका ३० वर्षीय गोविन्द बहादुर सुनार रहेका छन् ।

त्यसैगरी बाँकेकी ४० वर्षीय उमा पोखरेल, अर्घाखाँचीका ३१ वर्षीय राजेन्द्र रायमाझी, अर्घाखाँचीका ४२ वर्षीय माधव खनाल र नाम नखुलेका करिब ५-६ महिनाका बालक रहेका छन् । सबैको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जनता समाचार बाट

The post त्रिशूलीमा खसेको बसमा भेटिएका यी ना-बालक को हुन् ? अझै पत्तो लाग्न सकेन ! शेयर गरौ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j1GXWp
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top