Photo of Milford Sound in New Zealand

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com

शुक्रबार र शनिबार स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ भने साताका धेरै दिन प्रतिकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य विग्रिन सक्छन् । पारिवारिक समस्या बढ्ने छन् । विश्वास गरेकाले धोका दिन सक्छन् । आस्था र विश्वासमा चोट पुग्न सक्छ ।

मेषः– शुक्रबार र शनिबार स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ भने साताका धेरै दिन प्रतिकुल देखिन्छ । साझेदारी काममा लगानी नगर्नु होला । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य विग्रिन सक्छन् । पारिवारिक समस्या बढ्ने छन् । विश्वास गरेकाले धोका दिन सक्छन् । आस्था र विश्वासमा चोट पुग्न सक्छ ।

वृषः– सोमबारसम्म समयले पूर्ण साथ दिनेछ । जीवन साथीले साथ दिनेछन् । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । आत्मबल बढ्ने । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ । फलदायी यात्राको योग देखिन्छ भने अन्त्य साता खरावसँग व्यतित हुनेछ । कारोवारमा ध्यान दिनु होला । व्यापार व्यवसायमा सम्भावना क्षीण भएर जानेछन् ।

मिथुनः– सातको शुरुमा अलमल बढि भए पनि समग्रमा उत्तम देखिन्छ । शत्रु सानो नसम्झि काम गर्नु होला । प्रयत्न गर्न नछोड्नु होला । मुद्धा मामिलामा विजय हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको सम्भावना देखिन्छ । अरुबाट सहयोगको अपेक्षा कम राख्नु होला । आर्थिक संरचनालाई नचलाई काम गर्नु होला ।

कर्कटः–मानसिक चिन्ता बढ्ने छ । आफ्नै कारण काम काजमा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । घर डेराको समस्या पर्न सक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । खर्च बढ्नेछ । साझेदारी काममा हात नहाल्नु होला । मुद्धा मामिला पर्न सक्छ पछि नहट्नु होला जीत हुनेछ ।

सिंहः– प्रारम्भ अनुकुल देखिन्छ । उद्योग,पराक्रम बढ्नेछ । अवरुद्ध काम आफ्नै पहलमा सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । २ गते मध्यान्ह पछि समयले साथ कम दिनेछ । समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ । समस्या बढ्नेछन् । कार्य शिथिलता बढ्नेछ । सुख,शान्तिमा कमि आउनेछ । खर्च बढ्नेछ ।

कन्याः– साताको पूर्वाद्ध अनुकुल रहनेछ । आफ्नै संलग्नतामा धेरै काममा सफलता मिल्नेछ । आन्तरिक व्यवस्थापन राम्रो गर्न सके व्यापार व्यवसायबाट आसा गरे भन्दा बढि लाभ लिन सकिनेछ । उत्तराद्र्ध भने सोचे जस्तो अनुकुल रहने छैन । पढाई लेखाईमा अवरोध आउन सक्छ । विश्वास गरेकाले धोका दिने छन् । धन दिने काम नगर्नु होला ।

तुलाः–आर्थिक कुरामा ध्यान दिन सके साता उपलब्धिपूर्ण रहनेछ । अधुरा कार्य सम्पादन हुनेछन् । प्रयत्नबाट नयाँ काम हात पर्नेछ । योजना बनाएर काम गर्न सके अज साता उत्तम देखिन्छ । काम गरेर नाम राख्न सकिनेछ । आफन्तको सहयोग अल्प मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

वृश्चिकः– शनिवार मध्यान्हसम्म समय अनुकुल देखिदैन । जोखिम मोलेर काम नगर्नु होला नत्र ठुलै क्षति हुनेछ । दुःख पाउनुु हुनेछ, व्यापारमा घाटा हुनेछ र शारीरिक पीडा सहनु पर्नेछ । उप्रान्त समय भने अनुकुल बन्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगती हुनेछ । कार्य क्षमता बढ्नेछ । सहयोगी हात भेटिने छन् । नयाँ काम मिल्नेछ ।

धनुः– साताको सुरु र अन्त्य उत्तम देखिन्छ । कार्य लगनसिलता बढ्नेछ । समयमा गरेका कामले फाइदा आफुलाई घाटा अरुलाई हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । नोकरी तथा राजनीतिबाट लाभान्वित हुनुहुनेछ । साताको मध्यतिर खर्च,विवाद तथा स्वास्थ्यमा समस्या आउनेछ ।

मकरः– सोमवार सम्म समयले पूर्ण साथ दिनेछ । कुनै काम गर्न पछि नपर्नु होला । सामाजिक प्रतिष्ठा बढ्नेछ । गरेका काम अरुका लागि उदाहरणीय हुनेछन् । नोकरी तथा राजनीतिमा सम्मानजनक ठाँउ मिल्नेछ । विरोधी कमजोर बन्नेछन् । तर मंगलबारबाट समयले साथ दिने छैन । फजुल खर्च बढ्नेछ । धोका दिनेछन् ।

कुम्भः– शनिवार मध्यान्ह सम्म प्रकुल बढि देखिन्छ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु यात्रा हुनसक्छ । सहयोगी टाढा हुनेछन् । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिदैन । उप्रान्त समय भने उपलब्धिपूर्ण रहनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । आम्दानी खर्चको सन्तुलन बढ्नेछ । सहयोगी हात भेटिने छन् ।

मिनः– सोमबारसम्म समय नकरात्मक देखिन्छ । विभिन्न खालका दुख,कष्ट झेल्नु पर्नेछ । काम गरेर फाइदा लिन सकिने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा आएको मन्दि कायम रहनेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला । मंगलबार र बुधवारका दिन भने केहि काम बन्ने छन् । अवरोध हटेर जानेछन् ।
— ज्योतिष,पंडित वेदनिधि तिमिल्सिना फोनः– ९८४६१६७८०२ ईताजा खबरबाट

The post साप्ताहिक राशिफल मंसिर १ गते देखि मंसिर ७ गतेसम्म appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hHRsRg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top