Photo of Milford Sound in New Zealand

काठमाडौं, १३ मङ्सिर । अर्घाखाँची सन्धिखर्कबाट आमालाई उपचार गर्न काठमाडौं आएकी तुलसा घर्तिमगर बुधबार घर फर्किदै थिइन्। बिहान ५ः४० मै आमालाई लिएर उनी गोंगबु बसपार्क पुगिन्। बस समयमै हिँड्यो। बसको गति सामान्य नै थियो। चितवनको फिस्लिङ पुग्दा एक्कासि ठूलो आवाज आयो। उनी चढेको बस विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो। बस ठोक्किएपछि ट्रकले पेल्दा बस सडकबाट खसेको उनी सुनाउँछिन्।

‘हाम्रो बसलाई ट्रकले पेल्दै ल्यायो। बस भिरबाट झर्‍यो, त्यसपछि मैले केही थाहा पाइनँ’, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनले नागरिकन्युजसँग भनिन्, ‘एकैपटक बस त्रिसुलीमा पुगेपछि पौडिएर बाहिर निस्किएँ।’

‘हाम्रो बसलाई ट्रकले पेल्दै ल्यायो। बस भिरबाट झर्‍यो, त्यसपछि मैले केही थाहा पाइनँ’, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनले नागरिकन्युजसँग भनिन्, ‘एकैपटक बस त्रिसुलीमा पुगेपछि पौडिएर बाहिर निस्किएँ।’

पाैडिएर नदीको किनारमा आएकी उनलाई स्थानीय दुई युवाले उद्धार गरी माथि सडक पुर्‍याए। अस्पतालको आपतकालीन कक्षमा भर्ना गरिएकी उनी आमाको अवस्था आफूलाई थाहा भएको बताउँछिन्। ‘म त पौडिएर बाँच्न सफल भएँ। तर आमाको अवस्था के छ थाहा छैन,’ भक्कानो छोड्दै उनले सुनाइन्।

सोही दुर्घटनामा परेका सन्धिखर्कका सूर्य भट्टराई पनि नर्भिकको आकस्मिक कक्षमा उपचाररथ छन्। बिहान नैकापबाट अर्घाखाँची जाने बसमा चढेका उनी बसको अघिल्लो सिटमा बसेका थिए। बसले ट्रकलाई ओभरट्याक गर्न खोज्दा ठोक्किएर बस त्रिशुलीमा खसेको उनी बताउँछन्। भाग्यबस उनी भिरमै अडिएकाले बाँच्न सफल भए। ‘बस र ट्रक ठोक्किँदा मेरो टाउको बेसरी ठोक्कियो त्यसपछि के भयो मलाई थाहा छैन,’ भट्टराईले भने। होसमा आउँदा माथि नै अड्किएको अवस्थामा स्थानीयले उद्धार गरेको भट्टराईले बताए।

दुवई जाने भिसा लगाएर घर फर्किदै गरेका उनी दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परी घाइते भएका तुलसा घर्तिमगर, सूर्य भट्टराईसँगै कमल सुनुवार, सविना थारु तथा पदमबहादुर रायमाझीको नर्भिकमा उपचार भइरहेको छ ।

काठमाडौबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा त्रिसुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो। बस विपरित दिशातिरबाट आएको ना ६ ख ४९७२ नम्बर ट्रकसँग ठोक्किएको थियो। मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनमा परी घाइते हुनेको संख्या २६ पुगेको छ ।

-नागरिकन्युजबाट

The post भाग्यले नया जीवन पाएकाहरु भन्छन – ‘बस भिरबाट खस्यो, त्यसपछि केही थाहा पाइनँ’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nfXeM9
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top