Photo of Milford Sound in New Zealand

नेपाल आइडल टप ४का सागर आले मगर फेरि विवादमा मुछिएका छन्। बेलायतमा हुन लागेको एक कार्यक्रमा आले विवादमा मुछिएको हो । मगर संघको स्थापना दिवस पारेर यूकेमा आलेलाई झिकाइ भव्य कार्यक्रम गर्ने संघ र आलेबीच पूर्व सहमति भएको तर त्यो कार्यक्रम अघि नै अर्को समुहले सागरलाई नै लन्डन ल्याएर कार्यक्रम गर्ने तयारी भएको बारेमा सो विवाद सिर्जना भएको हो ।

यसअघि जातीय एकता र सद्भाव देखाउंदै नेपाल आइडल प्रतिष्पर्धाबाट बाहिरिएपछि आलेलाई सान्त्वना स्वरुप मगर संघ यूकेले चन्दा संकलन गरि करिब ११ लाख रुपैयां हस्तान्तरण गरेको थियो र बेलायतमा ‘सागर धमाका’ नाममा आलेको कार्यक्रम डिसेम्बर १ देखि हुंदैछन् ।

तर, बेलायतमा करिब दश हजार मगरहरुको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूकेका सांस्कृतिक सचिव तुलचन्द्र तिलिजाले फेसबुकमा एक स्टाटस लेख्दै , ” पटक पटक सहकार्यका लागि आग्रह गर्दा समेत ” सागर धमाका ” आयोजकले वेवास्ता गरेपछि वाध्य भएर डिसेम्बर १ देखि वेलायतमा हुने सागरका कुनै पनि कार्यक्रममा आफ्नो संवन्ध नहुने ” जनाएकाछन् !

यस अघि पनि मलेशियाको कार्यक्रममा आयोजकहरुको विच सहकार्य नहुँदा हो वा. सागर आफैले आयोजक टिमलाई बुझाउन नसक्दा हो, उनी विवादमा मुछिएका थिए । मलेसिया भन्दा पहिला कोरियामा नेपाल आइडल जाबो भन्दा र पोखरामा सागर आले आउनेछ भनि पोस्टरमा फोटो राखि पर्चार गरिएको तर सागर उक्त कार्यक्रममा उपस्थित नभएको कारण विवादमा फसेका थिए ।

अहिले यहि विषयहरूलाई लिएर केहि अनलाईनहरुले सागरले पटक पटक आयोजकहरूलाई धोका दिएको भनी समाचार प्रकाशित गरिरहेका छन् तेस्तै अहिले मगर संघले पनि सागरको कार्यक्रम बहिष्कार गरेको समाचार प्रकाशित भएका छन् । यस्तो समाचार बाहिरिए लगातै सागरले आफ्नो फेसबुकमा स्टाटस्मा घुमाउरो पारामा गम्भीर असन्तुष्टि पोखेका छन् ! rastriyapatrika

हेरौ उनको स्टाटस जस्ताको तस्तै – मान्छेहरुलाइ के रोग लागेको छ हो । येदि म मन पर्दैन भने मेरो कुरा मात्र किन गर्नु पर्यो त हजुर । मान्छे उमेरले थुलो हुदैमा थुलो हुन्छ भन्न मिल्दैन उस्को बोलीले देखाउछ को थुलो को सानो अनि को बच्चा र को बुडो सक्नु हुन्छ सबैको राम्रो गर्नुस सक्नु हुदैन कसैको नराम्रो नगर्नुस । Loveuall…

The post फेरि विवादमा फस्यो सागर आले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yZ6HsC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top