Photo of Milford Sound in New Zealand

चुनावको मुखैमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा पूर्व सभापति शेर बहादुर ढांटले बुधबार नेकपा एमालेमा प्रबेश गरेका छन् ।

२०४६ सालबाट नै नेपाली काग्रँसको राजनीतिक जीवन शुरुवात गरेका ढाँटलाई नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं. ७ का ईन्चार्ज भिम रावलले पार्टीमा स्वागत गरेका हुन । २०४६ सालको आन्दोलन देखि तत्कालिन जिल्ला विकास समितिको सदस्य समेत भइसकेका ढाटले नेकपा एमालेले मात्रै देशलाई निकास र विकास दिने सक्ने भएकोले काग्रेससंगको ३० वर्षिय राजनितिक यात्रालाई पूर्णविराम लगाएर एमालेमा आएको बताए । पूर्व पार्टी सभापतिसंगै एक दर्जन बढी युवाहरुले एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेश नं. ७का ईन्चार्ज रावलले अधिकार प्राप्तीको लडाईलाई अब आर्थिक सम्बृद्धिसंग जोड्नु पर्ने बताएका छन् । पछिल्लो समयमा भएको बाम गठबन्धनलाई देखेर केही पार्टीहरुले नेपालमा साम्यवादको आउने भएको भन्दै २००६ साल देखीआज सम्मको स्थितिसम्म नेपाली काग्रेस अधिनायकवादको नमुना भएर प्रस्तुत भईरहेको रावलले बताए । source:morangonline

The post यहि हो राजनीति? काङ्ग्रेस सभापति शेरबहादुर नै एमालेमा प्रवेश, किन गरे यस्तो? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iugi3j
via IFTTT

0 comments:

Post a Comment

add

 
Top