Photo of Milford Sound in New Zealand

बेनी, म्याग्दी, १ मंसिर , म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ । बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण गर्ने मेसिनबाट परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको हो । उक्त नक्कली नोटको संकेत नम्बर (च२५) ४३६१३३ रहेको छ । केही महिनाअगाडि रु ५०० को नोट भेटिए पनि एक हजारको नक्कली नोट पहिलोपटक बजारमा भेटिएकाले नक्कली नोटको गिरोह जिल्लाभित्र नै हुनसक्ने अनुमान गरिएको छ । विगतमा बेनी अस्पतालमा समेत रु ५०० को नक्कली नोट भेटिएपछि अनुसन्धान गरिएको थियो ।

गत स्थानीय तहको निर्वाचन आसपासको समयमा समेत नक्कली नोट भेटिएका थिए । निर्वाचनको प्रयोजनका लागिसमेत नोटको प्रयोग भएको हुनसक्ने सम्भावना देखिएको छ ।

भीडभाडमा यस्ता नोटहरुको कारोबार हुनसक्ने भन्दै प्रहरीले जानकारी गराउनसमेत अनुरोध गरेको छ । बेनीबजारसँगै ग्रामीण क्षेत्रसम्म नक्कली नोटको प्रयोग हुनसक्ने भन्दै नोट खरिद–बिक्री गर्दा सक्कली र नक्कली नोटको पहिचान गर्नसमेत प्रहरीले अनुरोध गरेको छ । news24nepal

The post बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट …. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2irBBn0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top