Photo of Milford Sound in New Zealand

एजेन्सी। पेट दुखेर अस्पताल भर्ना भएका एक व्यक्तिको पेटको अपरेशन गर्दा निकै आश्चर्यजनक घटना भएको छ । अपरेशन गर्ने डाक्टरहरुले ती व्यक्तिको पेटबाट ६०० फलामका किला निकालेका छन् ।

भारतको कोलकाताका प्रदीपकुमार दाही नामका ती व्यक्तिलाई निकै पेट दुखेपछि परिवारले अस्पताल भर्ना गरेका थिए । डाक्टरहरुले उनको सोनोग्राफी गर्दा निकै आश्चर्यचकित भए । डाक्टरहरुका अनुसार प्रदीपलाई किला खाने बानी छ । उनले यति किला खान्थे कि उनको पेटमा किलाको थुप्रो लाग्यो ।

आश्चर्यजनक कुरा त यति धेरै किला खाएपछि पनि उनको पेटमा कुनै किसिमको घाउ लागेको थिएन । कलकत्ता मेडिकल कलेजका डाक्टर विश्वासका अनुसार डाक्टरहरुले पेट चिरेपछि उनको पेटबाट चुम्बकको सहायताले किला निकालेका थिए ।

The post यी व्यक्तिको पेटबाट निकालियो ६ सय फलामका किला, चुम्बकले गरियो अपरेशन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z5TP4E
via IFTTT

0 comments:

Post a Comment

add

 
Top