Photo of Milford Sound in New Zealand

चितवन : पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकखण्ड अन्तरगत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।

काठमाडौंबाट अर्घाखाँची तर्फ जाँदै गरेको लु २ ख २९१ नम्बर पश्चिम नेपाल यातायात व्यवसायी संघको बस मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको बस ट्रकसँग ठोक्किए त्रिशूली नदीमा खसेको थियो।

चितवन ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तका अनुसार बस तिब्र गतिमा रहेको र गलत ट्रयाकमा गएर ट्रकलाई ठक्कर दिँदै भीरबाट त्रिशूलीमा खसेको हो।बस दुर्घटना हुनेबित्तिकै कुरिघाटका स्थानी, सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका प्रहरी घटनास्थलमा उद्धारका लागि पुगेका थिए।

उद्धारकर्मी गोरखाका सुजन गुरुङले भने, ‘हामी आउदा घटनास्थलमा घाइेतको विजोग थियो, बढी गम्भीर देखिएकालाई उद्धार गरेर अस्पताल पठायौँ। बस भीरबाट खसेको हुनाले घाइेतलाई राजमार्गसम्म लैजान पनि गाह्रो भएको थियो।’

बस दुर्घटनामा २५ जनाभन्दा बढी घाइेत भएका छन्। घाइतेमध्ये १६ जनालाई चितवनस्थित भरतपुर अस्पताल पठाइएको र ५ जनालाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्रका एसपी विराज श्रेष्ठले जानकारी दिए। त्रिशूलीमा बस दुर्घटना, मृतकको संख्या ७ पुग्यो

घाइतेले आफ्नै खर्चमा मगाए हेलिकोप्टर
घाइतेको उपचारमा ढिलासुस्ती हुँदा मृतकको संख्या अझ बढ्ने देखिएको छ। दुर्घटनामा २५ भन्दा बढी घाइते भएपछि राजमार्ग क्षेत्रमा रहेका एम्बुलेन्सले २३ जना घाइतेलाई अस्पताल पुर्याएका छन्।

एम्बुलेन्स अभावले केही घाइतेको ढिला गरी मात्र उद्धार भएको छ। दुई जना घाइतेलाई दिउँसो ३ बजे मात्रै नवलपरासीबाट आएको एम्बुलेन्सले काठमाडौं लगेको मुग्लिन प्रहरीले जनाएको छ। घाइेत मध्ये अर्घाखाँचीका ध्रुव दोमासेको परिवारले निजी खर्चमा हेलिकप्टर चार्टर गरी कुरिनघाटस्थित पोलिक्लिनिकबाट थप उपचारको लागि काठमाडौं लगेका छन्।

उक्त हेलिकोप्टरमै अर्की घाइते निशा थापालाई समेत उपचारका लागि काठमाडौं पठाइएको पश्चिम नेपाल बस व्यवसायी संघ धादिङका प्रतिनिधि रामप्रसाद पाण्डेले जानकारी दिए।

The post त्रिशूलीमा बस दुर्घटना हुँदा आठको मृत्यु : घाइतेले आफ्नै खर्चमा मगाए हेलिकोप्टर.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jvHnDL
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top