Photo of Milford Sound in New Zealand

नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएका राजेन्द्र खड्गी आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनले द्वन्द्व निर्देशक भएर अहिलेसम्म पाँचसय भन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन गरीसकेका छन् । आफुले बिश्वमै अहिले सम्मकै सबैभन्दा धेरै द्वन्द्व निर्देशन गरेको भन्दै गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन कस्सिएको उनले बताएका छन् । साथै उनले काम गरेको प्रमाण स्वरुप धेरै कागजपत्र तयार पार्न पर्ने भएकाले अहिले त्यही काम गरिरहेको बताएका छन् ।

यिनै राजेन्द्र खड्गीको सोख पनि अनौठो नै छ । बिशेष गरी पोशाकमा बिशेष ध्यान दिने राजेन्द्रले आफुलाई अन्य कपडा भन्दा जुत्ता र चस्मा चाँही बिशेष लाग्ने र महंगो लगाउने बताएका छन् । राजेन्द्रले आफ्नो चलचित्रक्षेत्रका केहि कुरा र पोशाक सौखबारे यस्तो बताउँछन् ।

तपाई शरिरको मेन्टन कसरी गर्नुहुन्छ ?

म शरिर मेन्टन गरीरहेको हुन्छु । खानपिनमा पनि बिशेष ध्यान दिने गरेको छु । मलाई अहिलेपनि कतिपय फ्यान बहिनीहरुले भन्ने गर्छुहुन्छ— ’दाई हजुरलाई हामी सानो हुँदा पनि यस्तै देखेको अहिले पनि यस्तो हुनुहुन्छ ।’, मैले मेन्टन भनेर धेरै नै लागी त पर्दिन तर पनि खानामा ध्यान दिन्छु, ब्यायाम गर्छु त्यहि हो ।

भनिन्छ तपाई जुत्ता र चस्माको सौखिन हुनुहुन्छ रे नि त?

मलाई खानपिन भन्दा पनि लगाउने कुरामा बढी चासो लाग्छ । लगाउने कुराहरुमा पनि बढी जुत्ता र चस्मामा चाँही धेरै सौखिन छु । जतिसुकै परोस जुत्ता र चस्मा ब्राण्डेड नै लगाउन मन पर्छ । अहिलेसम्म को कुरा गर्दा चस्माको कुरा गर्दा अहिलेसम्मको धेरै भनेको ३० हजारसम्म लगाएको छु र यो अहिले लगाएको ९तस्बिरमा देखाइएको० चाँही १८ हजारको हो । मैले सधैं किन्ने गरेको पसल छ काठमाडौं मै किनेको हु । जुत्ताको कुरा गर्दा चाँही अहिलेसम्म त्यहि डेढ लाखसम्मको जुत्ता लगाएको छु । धेरैजसो बाहिर देश तिर जाँदा जुत्ता किनकै हुन्छु ।

तपाइलाई राजा महेन्द्रबाट चस्मा लगाउन प्रेरित भएको भनिन्छ नि, हो ?

मैले चस्मा लगाउने कुरालाई धेरै नै सोध्ने गर्नुहुन्छ । तपाईले किन चस्मा कहिल्यै छोड्नु हुन्न भन्ने कुरा प्राय जसको पनि प्रश्न हुने गर्छ । म चस्मा लगाउनमा राजा महेन्द्रबाट प्रेरित भएको हुँ । र अर्को कुरा लुक्स पनि राम्रो देखिन्छ त्यसकारण पनि लगाउने गछु । फेरी अहिले त अलिक उमेर पनि ढल्किदै गयो कान माथिको धर्सा पनि छेक्नका लागी लगाउने गर्छु ।

तपाइलाई खैनी,रक्सिको लत छ ?

मलाई खानेकुरामा त खासै त्यस्तो लाग्दैन तर लगाउने कुराहरुमा सौखिन नै हुँ र अल्कोहल खादिन । अर्कोकुरा भनेको मलाई खैनि खाने चाँही लत नै बसेको छ । खैनी सधैं खाएकै हुन्छु यसलाई छुटाउनै सक्दिन ।

The post डेढ लाखको जुत्ता र झण्डै आधालाखको चश्मा लगाउँछन् राजेन्द्र खड्गी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2k45Zrg
via IFTTT
27 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top