Photo of Milford Sound in New Zealand

ज्योतिष विज्ञानको अनुसार नवेम्बर ९ का दिन एकदम विशेष दिन रहने भएको छ । यो दिन यस वर्षको सबैभन्दा शुभ संयोग बन्न गईरहेको छ । बिहिबारको दिन दिउसो १ बजेर २४ मिनेटमा वर्षको सबैभन्दा उत्तम गुरु-पुष्य नक्षत्र लाग्दै छ । यस्तो संयोग २-३ वर्षमा एक पटक आउने गर्दछ । ज्योतिषशास्त्र अनुसार यस नक्षत्रमा सारा संकट हटेर जाने छ भने यो दिन गरिएको सबै काम सफल हुनेछ । यस शुभ दिनमा सबै राशिहरुलाई लाभ हुने छ भने विशेष गरि यी ४ राशीलाई निकै फाइदा हुने छ ।

कुन राशी भएकालाई कस्तो फाइदा मिल्छ ?

१. मेष राशि: यो राशी भएको मानिसहरुलाई जागिरमा सफलता मिल्ने छ। साथै आर्थिक क्षेत्रमा अधिक परिश्रम गर्नाले धन लाभ हुनेछ ।

२. वृष राशि: गुरु पुष्य योगले यो राशी भएकालाई वैवाहिक जीवनमा चलिरहेको समस्याको अन्त गर्दिने छ र साथै शत्रु रहेका छन् भने तिनीहरुबाट पनि मुक्त गर्ने छ ।

३. मिथुन राशि: यो राशी भएकाहरुलाई यो दिन निकै नै फाइदाजनक देखिएको छ । यो राशी भएका व्यक्तिहरुको लामो समय देखि अड्किएको काममा सफलता पुग्ने छ। र अतिरिक्त आयको साधन प्राप्त हुनेछ जसले आर्थिक स्थितिमा सुधार ल्याउने छ ।

४. कर्कट राशि: यो राशी हुनेहरुको आत्मविश्वास बढ्ने छ भने विवाह प्रस्ताव आउन सक्ने छ । करियरमा उन्नति हुने छ र व्यवसायमा उत्तम धन लाभ हुनेछ ।

bigulnews

The post यही कार्तिक २३ गते यस वर्ष कै सबैभन्दा उत्तम दिन, यी ४ राशी भएकालाई हुनेछ लाभ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AgMMp3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top