Photo of Milford Sound in New Zealand

एजेन्सी । एचआईभी पोजेटिभ भएकै कारण भारतको उत्तर प्रदेशकी एक महिलाले ज्यान गुमाउनु परेको छ । उत्तर प्रदेशकी ४० वर्षीया महिलालाई एड्स लागेको भन्दै उनका पति र उनका घर परिवार मिलेर हत्या गरेको भारतीय प्रहरीले जनाएको छ । ति महिलालार्इ एचआईभी लागेको पत्ता लागे लगत्तै परिवारले हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

टाइम्स अफ इंडियाको रिपोर्ट अनुसार गत बुधवार ति महिलालाई हत्या गरिएको हो । उनी पछिल्लो ६ महिनादेखि बिरामी पर्दै आएकी थिइन् । एचआइभी लागेपनि पिडितले उक्त कुरा गोप्य राख्दै आएको टाइम्स अफ इंडियाको रिपोर्टमा उल्लेख छ ।

उनलाई एउटै मात्र डर थियो कतै परिवारले त थाहा पाउँदैन भन्ने कुरा ? तर आखिर उनले जे सोचेकी थिइन् त्यही भयो । परिवारले थाहा पाए लगत्तै उनी माथी दुव्र्यबहार मात्रै गरेनन् । परिवारका सदस्य मिले विभत्स हत्या समेत गर्न पछि परेनन् । हत्यारालाई प्रहरीले पक्राउ गरेर कारवाही अगाडी बढाएको छ ।

The post श्रीमतीलाई एचआईभी भएको थाहा पाएपछि पति र उनका परिवारले गरे विभत्स हत्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zb2STZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top