Photo of Milford Sound in New Zealand

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।भर्खरै माओवादी नेता प्रचण्ड चितवनबाट काठमाण्डौ आएका छन।

पिता प्रचण्डका स्वकीय सचिव समेत रहेका प्रकाश दाहाल प्राय राजनीतिक भेटघाट तथा कार्यक्रमहरुमा प्रचण्डसंगै हुन्थे । यसपाली भने उनले आफुलाई सन्चो नभएको भनेर काठमाण्डौ आमासंगै बसेका थिए । यसबाट केही दिन देखि उनी अस्वस्थ रहेको बुझ्न सकिन्छ । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको हो । माओवादी अध्यक्ष प्रचण्ड चुनावी प्रचारको क्रममा झापामा थिए, त्यहाँको जिम्मा ओलीलाई नै सुम्पेर उनी काठमाण्डौ आएका छन्, चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि आउँदैछन् ।

सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट नै काठमाडौं आएका हुन् । सामाजिक संजालमा निकै सक्रिय उनले आफु अस्वस्थ रहेको पनि कतै जानकारी दिएका छैनन, प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ भएको छ । अचम्मकै संयोग मान्नु पर्छ ! मृत्युपूर्व अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका थिए ।

कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । नेपाली संस्कारअनुसार, मृत्यु भइसकेकाे मानिसकाे तस्वीर श्यामश्वेत बनाउने चलन छ ।

आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए । दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । अब उनले फेसबुक चलाउने छैनन्अ, सामयिक रुपमा भएको उनको मृत्यु जस्तै उनको सामाजिक संजालको प्रस्तुति पनि भावुक बनाउने खालको छ ।

The post राति के भएको थियो प्रचण्डपुत्रलाई ? कसरी भयो त निधन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j6VjEb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top