Photo of Milford Sound in New Zealand

मोरङ : पथरी शनिश्चरे–८ की पार्वती बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उहाँकी श्रीमती पार्वतीदेवीले आप्mना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुखदुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गर्नुभयो । उहाँले रासससँग भन्नुभयो, “विवाह भएदेखि नै श्रीमान्ले रोजेको उम्मेदवारलाई भोट दिएको छु तर यसपालि म आफैँले रोजेको उम्मेदवारलाई मत दिन्छु ।” संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चिता गरेको छ । पार्वतीदेवीजस्ता महिला अब सक्षम बन्दै गएकाले आप्mनो निर्णय आफँै गर्ने भइसकेका छन् । महिला प्रतिनिधित्वविना गाउँको सानो समितिदेखि संसद्समेत पूर्ण नहुने अवस्थामा महिला चुप लागेर बस्न नहुने उहाँको भनाइ छ ।

“पुरुषले रोज्दैआएको उम्मेदवारले इमानदार भएर काम नगरेकाले नै समाजको मुहार फेरिएन”, उहाँले भन्नुभयो, “२०५१ सालमा आपूmले पहिलो पटक भोट हालेको अवस्थामा नै अहिले पनि आप्mनो गाउँ रहेको छ । महिला पुरुष, छोराछोरी, धनीगरीब, उँचनीच, जातपात, भाषा, धर्मलगायतको विभेद कायमै रहेकाले त्यसको समग्र परिवर्तन गर्ने उम्मेदवार रोज्ने काम हामी महिलाको हो ।” उहाँले बाटोघाटो, सिँचाइ, विद्युत्, शिक्षा, रोजगारीलगायत व्यवस्था गरेर समृद्ध समाज निर्माण गर्ने उम्मेदवारलाई यसपालि मत हाल्ने सुनाउनुभयो ।

पथरी शनिश्चरे–८, मिलनचोक सोमबारेमा चिया पसल चलाउने मैयाँ श्रेष्ठ युवकयुवतीका लागि राम्रो रोजगारीको अवसर सिर्जना गर्ने उम्मेदवारलाई मत हाल्ने बताउनुहुन्छ । “छोरीचेली माइतीमा बस्दा आमाबुबा र घरमा बस्दा पति र ससुराले भनेका आधारमा भोट हाल्ने दिन गयो, अब सबै आपूmले रोजेको उम्मेदवारलाई भोट हाल्ने अवस्थाको निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “आत्मनिर्भरता आवश्यक छ र यतिखेर महिलामा आत्मनिर्भरता बढ्दै गएको छ ।”

सुनबर्षी–१ की सकिना खातुनले आपूmहरुले गाउँका मानिसले उम्मेदवारको गुण र अवगुणका बारेमा गरेको चर्चा सुनेर राम्रो उम्मेदवारको पहिचान गरी मत दिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुस्लिम महिलाले अहिले खुलेआम चुनावीसभामा सहभागी भएर उम्मेदवारको कुरो सुनी आआप्mना समस्यासमेत सुनाउने गरेका छन् । त्यसैले अब अरूले भन्दा पनि हामीहरु सबभन्दा राम्रो उम्मेदवारलाई रोजेर भोट हाल्न सक्षम छौँ ।” केही समय अगाडिसम्म घरमा आप्mना पति, ससुरा र गाउँका पुरुषले उनीहरुले रुचाएको उम्मेदवारलाई भोट हाल्न सिकाउँथे तर पछिल्लो समय उनीहरुसँगै महिलाले पनि समूह बनाएर राम्रो उम्मेदवारलाई मत हाल्न सिकाउँदै हिँडेका छन् । अब महिलाहरु सक्षम बन्दै गएका छन् । प्रतिनिधिसभाका लागि छ र प्रदेशसभाका लागि १२ निर्वाचन क्षेत्र रहेको मोरङमा कूल छ लाख ४४ हजार ७८२ मतदाता छन् ।

The post ‘श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AoBYsV
via IFTTT
30 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top