Photo of Milford Sound in New Zealand

कात्तिक २० – साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उहाँको निधन भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा हुनुहुन्थ्यो । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।

दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुनुहुन्छ । सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उहाँलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाउनुभएको थियो । Ujyaalo

The post बिहानै आयो दुख्द खबर: हेलिकप्टर दुर्घटना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zgdxKV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top