Photo of Milford Sound in New Zealand

एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा समुद्र किनारमा भएको एक दर्दनाक घटना सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । क्यालिफोर्नियाको न्युपोर्ट बीच घुम्न आएका स्टुआर्ट फ्रस्ट, उनका जुम्ल्याहा भाइ स्टीभ र भान्जा जेसी मार्टिनले यो घटना शेयर गरेका थिए ।

स्टुआर्टका अनुसार उनीहरु बीचमा घुम्दै गर्दा एक महिलालाई देखे । ती महिलाले पागलझैं लगातार बालुवा खोतलिरहेकी थिइन् । उनीहरु ती महिलाको नजिकै गएर यसको कारण सोधे । महिलाका अनुसार उनको २ वर्षको छोरा बेपत्ता थिए । महिलाले आफ्नो छोरालाई केही समय त्यहाँ उभिएको देखेकी थिइन् । महिलालाई आफ्नो छोरा त्यहीँ बालुवाको खाल्डोमा पुरिएको शंका लागेको थियो ।

महिलाको कुरा सुनेपछि स्टुआर्ट, उनका भाइ र भान्जाले पनि बालुवा खोतल्न थाले । उनीहरुलाई देखेपछि नजिक भएका अन्य मानिसहरु पनि आए । केही समयमै उद्धार टोली पनि आइपुग्यो । केही समय लगातार बालुवा खोतलेपछि ती महिलाका छोरालाई बालुवाबाट बाहिर निकालियो । बालकलाई सकुशल बाहिर निकालेपछि त्यहाँका सबैको आँखामा आँसु आयो । स्टुआर्टले यो घटना फेसबुकमा शेयर गर्दै लेखेका छन् ‘कसैको मद्दत गर्नको लागि सोचिरहनु पर्दैन ।’

The post समुद्र किनारमा पागलले झैं बालुवा खोतलिरहिन् महिलाले, नजिक गएर हेर्दा रोए मानिसहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A3Ovhh
via IFTTT
03 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top