Photo of Milford Sound in New Zealand

काठमाण्डु– प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएर हिंडेपछि आर्यघाटको एक कुनामा देखिइन् सिर्जना त्रिपाठी ।

सिर्जना प्रकाशकी दोश्री श्रीमती हुन् । अर्धमुर्छित अवस्थामा देखिएकी उनीसँगै थिए प्रकाशपुत्र । ‘आँटीकुटी बाबुजस्तै’ देख्नेहरु भन्दै थिए । अवोध बालक भावबिहवल अवस्थाकी आमाको अनुहारमा हेरेर अँध्यारो मुख लगाइरहेका थिए । पहिचान गर्न सक्ने केही फोटो पत्रकारका आँखा सिर्जनाका आमा–छोरामा परे । ‘क्लिक, क्लिक’, उनीहरुले तस्वीर लिए ।

केही आफन्तले किन खिच्नुप-यो फोटो ? भन्दै उनीहरुलाई क्यामेराको फ्रेमबाट लुकाए । माओवादी नेता डिलाराम आचार्यले प्रकाशका छोरा च्यापे । सिर्जना एक अधवैंशे महिलाका साथ जलिरहेको श्रीमानको शव नजिकै चिताबाट बाहिरिँदै थिइन् । प्रकाशपुत्र फरक्क फर्किए जहाँ उनका बाबुको शव चितामा जलिरहेको थियो ।

केहीबेर एकटकले हेरे । थाहा छैन उनले आफ्ना पिताश्री त्यही आगोको धुवाँ र मुस्लोमा मिलिसकेको थाहा पाए वा पाएनन् । तर, बालकले धेरै भुवुक भएर चितामा हेरेका थिए । प्रकाशको हृदयघाटका कारण आइतबार बिहान निधन भएको थियो ।

The post प्रकाश दाहालपुत्रले बाबुको चितामा हेरेको यो तस्वीरले सबैलाई रुवाउँछ ! appeared first on Taja nepali news.

http://ift.tt/2hPPyOx

from SHYANE http://ift.tt/2jDl6b9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top