Photo of Milford Sound in New Zealand

एजेन्सी । एक पाँच कक्षामा पढ्दै गरेका मात्र १० वर्षीय बालकले आफ्नी शिक्षिकाको यातना सहन नसकेपछि विष खाएर आत्महत्या गरेका हुन् । विद्यालयबाट परीक्षा दिएर घर फर्किएपछि उनले यस्तो कदम उठाएका थिए ।

उनको मृत्यु भइसकेपछि बाबुआमाले उनी पढ्ने कोठाको टेबलमा एउटा सुसाइड नोट भेट्टाएका थिए । उक्त सुसाइड नोटमा यस्तो लेखिएको थियो, ‘आज मेरो परीक्षा थियो मैले राम्रो गरेँ तरपनि मेरी क्लास टिचरले मलाई धेरै रुवाउनुभयो । उहाँले मलाई तीन पिरियडसम्म उभ्भाएर राख्नुभयो । तिनीहरु नराम्रा छन् म्याम तिनको कुरामा कहिल्यै विश्वास नगर्नुहोस् । मेरो केही गल्ती थिएन तरपनि अरुको कुरा सुनेको भरमा तपाईले मलाई त्यसरी सजायँ दिनुभयो । तपाईले धेरैपटक मलाई यस्तो गरिसक्नु भएको छ । त्यसकारण अब मैले सोचिसकेको छु कि म मर्न जाँदैछु । म्याम अबदेखि अरु कुनै विद्यार्थीलाई यस्तो कहिल्यै नगर्नुस् है । बाई बाई ममी , ड्याडी र दिदी । ’

उनको यस्तो मार्मिक सुसाइड नोट देखेपछि उनका आमाबाबुको मनमा ठूलो चोट पुगेको छ । यसपछि उनका परिवारले दोषी शिक्षिकाको विरुद्ध मुद्दा हालेका थिए । ससाना बालबालिकालाई असह्य मानसिक र शरीरिक यातना दिएकोमा उनलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयबाट निराश भएर फर्किएपछि विषालु पदार्थ सेवन गरेका ती बालकको अस्पतालमा मृत्यु भएको थियो । तर पक्राउ परेपनि अरु ठोस प्रमाण नपाएपछि उनी जेलबाट केही दिनमै छुटेकी थिइन् जसकारण उनका परिवारले आफ्नो छोराले न्याय नपाएको भन्दै पुन विरोध जनाएका छन् ।

मृत बालककी आमाका अनुसार यसअघि पनि एकपटक तिनै शिक्षिकाले छोराको कान निमोठेर रगत नै निस्किएको थियो । छोराले घर आएर सो कुरा भनेपछि उनीहरुले प्राध्यपकसँग गुनासो गरेकी थिइन् । तर आफूले बारम्बार यसबारेमा स्कुलमा कुरा गरेपनि प्राध्यापकले ‘तपाईको बच्चालाई कसैले चलाएको छैन । उसको कान पहिलै खराब थियो एकपटक जाँच गराउनुहोस् ’ भन्ने रुष्ट जवाफ दिएका थिए । यस घटनाप्रति राम्रोसँग ध्यान नदिएकाले आज आफ्नो छोराको यस्तो गति भएको भन्दै उनकी आमाले आँसु झारेकी हुन् ।

The post १० वर्षीय बालकले गरे आत्महत्या, यस्तो छ उनको मर्मस्पर्शी सुसाइड नोट,,,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2imwg0q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top