Photo of Milford Sound in New Zealand

हेटौँडा : हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा गएराति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ४ बजे ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका–१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीले ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।

The post मोटरसाइकल चालक र पछाडि बस्ने महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु, यसरी भएको थियो दुर्घटना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hCaBEp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top