Photo of Milford Sound in New Zealand

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १ मंसिर । पर्यटकीय नगरि पोखराको तालबाराही मन्दीर दर्शन गर्न जाने धेरैले याद गर्नुभएको होला बाराहीघाटमा एक जना व्यक्ति संधै एकै ठाउँमा माग्न बसीरहेको देखिन्छ । बाग्लुङ जिल्ला जैदीका ३३ वर्षिय दिर्गे परियार विगत ८ वर्ष देखि त्यहि ठाउँमा माग्न बसीरहेका छन् ।

जन्मदै अपाङग शरीर लिएर जन्मिएका उनी २ वर्षको नपुग्दै बा आमाले छाडेपछि भिख मागेर आफ्नो जिवन बिताईरहेको बताउछन् । उनि हिडडुल गर्न सक्दैनन् । ह्वील चियरमा राखेर उनका मामाले उनलाई संधै बाराही मन्दिर अगाडी ल्याउने लैजाने गर्छन् ।

उनी भिख माग्नैको लागि बाग्लुङ कालिका देवघाट लगायतका धेरै ठाउँमा पुगे तर तालबाराही अघि उनलाई उपयुक्त ठाउँ बन्यो र अहिलेपनि त्यहि बसीरहेका छन् ।

दिर्गे भन्छन् – “सबै हिँड्दा, डुल्दा देश विदेश जाँदा मलाईपनि हिड्न पाए हुन्थ्यो जस्तो लाग्छ ।” उनि थप्छन् – “बरु पराई मान्छे आफन्त भए तर आफ्नै बाआमा पराई हुँदा साह्रै दुख लाग्छ ।”

लामो समय देखि बाराहीघाटमा चौतारामुनी बसीरहेका दिर्गेलाई कहिले नगरपालिका त कहिले बैदाम पुलीसले बस्न अबरोध गर्ने गरेको छ । लेखपढ नगरेका उनि पैसा भने मज्जाले चिन्छन् । कहिलेकाँही उनलाई यस्तो पिडा सहेर बाँच्नुभन्दा मर्न ठिक छ जस्तो लाग्छ, तर पनि उनि मागेर जिवन विताउनुको विकल्प नभएको बताउछन् । बाराही माताको आशिर्वादले आफु अहिलेसम्म यो ठाउँमा रहन पाएको उनको भनाई छ ।

हेर्दा बाहीर दिर्गे अपाङ्ग छन् हातखुट्टा चल्दैनन् तर आफुले जान्ने भएदेखी एक ट्याबलेट औषधि खान र अस्पताल जान नपरेको सुनाउछन् । उनि अब पनि औषधि खान र अस्पताल जान नपरोस भनेर भगवानसंग प्रार्थना गरिरहेका छन् । औषधि खाएर थलिनुपर्यो भने बरु मरिहाल्न पाए हुन्थ्यो जस्तो उनलाई लाग्छ ।

देशका विभिन्न ठाउँ र विदेशीहरुले आएर सहयोग गर्दा कस्तो लाग्छ भनेर हामीले गरेको प्रश्नमा दिर्गे भन्छन् – “उनिहरुको आत्माले राम्रोसंग धर्म सोचेर दिन्छ, तर धर्म सोचेर दिएपनि मलाई यो जुनीमा भार बोकाएको जस्तो लाग्छ । यो जुनीमा नसकेपनि अर्को जुनीमा अवश्यपनि मैले तिर्नुपर्छ ।”

यो जुनीमा यस्तै भएपनि अर्को जुनीमा राम्रो मान्छे बनेर धन कमाउँछु नाम कमाउछु भन्ने उनलाई ठुलो आशा रहेको छ । osnepal

दिर्गे परियारसंग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुहोस ।

The post “यो जुनीमा यस्तै भएपनि अर्को जुनीमा राम्रो मान्छे बनेर धन कमाउँछु नाम कमाउछु” अपाङ्ग दिर्गेको यस्तो सपाङ्ग सोच (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zdjWdn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top