Photo of Milford Sound in New Zealand

काठमाडौं । पृष्ठभूमिमा विशाल त्रिशुली नदी बगिरहेको छ । ठूलो चट्टानमाथि एउटा मानिस मृत बालक बोकेर अघि बढिरहेको छ । सेतो गाउन लगाएका प्लस लेखिएको छ । मृत बालक बोक्ने व्यक्ति निकै भावुक देखिन्छन् । उनको अनुहारले मृत बालक प्रतिको समबेदना झल्काउँछ । सामाजिक सञ्जालमा निकै भाइरल बनेको यो तस्विर शनिबार धादिङमा भएको दुर्घटनाको कारुणीक दृष्य हो । ३१ जनाको ज्यान जानेगरी धादिङको गजुरीमा भएको उक्त दुर्घटनापछि उद्धारमा निकै सक्रिय देखिएका ती व्यक्ति को हुन् ?

धादिङमा हुने सबै विपतहरुमा ती व्यक्ति अगाडि देखिन्छन् । विनाशकारी भूकम्पको समयमा उनलाई एम्बुलेन्स अंकल भनेर चिनिन्थ्यो । धादिङ सदरमुकाम धादिङबेसी बीच बजारका नारायण कुमार श्रेष्ठ दुर्घटना भएको सुचना पाउँनासाथ दुर्घटनास्थलमा दौडिन्छन् । शनिबार विहान साँढे ५ बजे धादिङको गजुरी गाउँपालिका ५ बाङ्गेमुढ नजिकै त्रिशुली नदिमा सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस खस्यो । उनी गुजुरीकै आदर्श क्याम्पसमा प्रथामिक उपचार सम्बन्धी तालिममा थिए ।

बस दुर्घटनामा परेको सुचनासहित रेडक्रस जिल्ला सभापति सिताराम कोइरालाले उनलाई फोन गरे । दुर्घटना भएको ३० मिनेट नपुग्दै उनी दुर्घटनास्थलमा पुगे । घाइतेहरुको उद्दारमा लागि परे । ‘मेरो जीवनमा यो निकै दुखद घटना हो । छतविक्षत देखिने मृत शरिर र घाइतेहरु चिच्याहट उस्तै थियो,’ नारायणले भने,‘मलाई निकै पिडा भएको थियो ।’ उनले धादिङका अधिकांश ठूला विपतहरुमा उद्धार गर्दै आएका छन् । तर, यो घटना भने सबैभन्दा पीडादायी रहेको उनी सुनाउँछन् । उनी विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म उद्दारमा खटिएका थिए । ‘मैले ११ वटा बालबालीकाको शवको उद्दार गरेँ,’ उनी सुनाउँछन्,‘त्यो क्षण निकै दुखदायी थियो ।’

स्थानिय तह पुनर्संचना आयोगका पुर्व सदस्य निरज साहले सामाजिक सञ्जाल फेसबुकमा उनको तस्विर राख्दै निकै भावुक स्ट्याटस पोस्ट गरेका छन् । ‘एउटा नदी, एउटा चट्टान, एउटा मृत बालक अनि रमिते हामी । थकित, निद्राग्रस्त र जड्याहा एउटा ड्राइभर, पैसा भए पुग्ने र क्षतिपूर्ति बिमाबाट भैहाल्छ भन्ने एउटा बसमालिक, क्षमता भन्दा बढी सवारी कोचेको पैसा पाएपछि नदेखे झैं गर्ने एउटा ट्राफिक प्रहरी, बाटोको दुरावस्था नदेख्ने एउटा सडक बिभाग,’ यी सबैको प्रतिनिधित्व गर्छ त्यो मृत बालक र त्यस बालकलाई अंगालोमा लिने व्यक्तिको अनुहारमा व्यक्त पीडाले ।

राजविराजबाट काठमाडौँ आउदै गरेको बस गजुरीको घाटवेसीमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका सबैमा र विशेष गरि यस पिक्चरमा देखिएको अवोध बालक प्रति अश्रुपुरित श्रद्धासुमन चढाउ छु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौला बजारमा जन्मिएका उनी समाजसेवामा सक्रिय छन् । २२ वर्षदेखि विपद उद्दारमा लागेका नारायण जिल्ला रेडक्रसका स्रोत व्यक्ति हुन् । यो फोटो कान्तिपुर आवद्ध पत्रकार हरिहर सिंह राठौरले खिचेका हुन्। शब्दहरु दियोपोष्टबाट लिइएको हो ।

यस्ता खालका लेख पढिसकेपछि अरुका लागि सामाजिक सञ्जालमा सेयर गर्न नभुल्नुहोला ।

The post नेपालको यो तस्विर जसले सन्सारलाई रुवायो, विश्वभरी सामाजिक सञ्जालमा समवेदना लेखिए, मन थामेर पढ्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z8I9Ah
via IFTTT

0 comments:

Post a Comment

add

 
Top