Photo of Milford Sound in New Zealand

यो वर्ष धेरै जाडो बढेको कारणले गर्दा हिमालमा हिउँ धेरै नै जमेको छ । जसको परिणामस्वरुप नदीमा पानीको बहाव कम हुदै गइरहेको छ । तसर्थ नेपालबाट विद्युतको उत्पादन घट्ने आकलन गरिएको छ । विद्युतको माग भने दिन प्रतिदिन बढ्दै गएको तर उत्पादनमा कम हुने भएपछि भारतबाट विजुली आयत गरिने भएको छ । यसपालि निजी क्षेत्रका आयोजनाबाट ६० मेगावाट बिजुली थपिएपनि प्रर्याप्त नभएकाले लोडसेडिङ हटाउन भारतमाथि थप निर्भर हुनुपर्ने भएको छ।

प्रवक्ता अधिकारीका अनुसार यसपालि भारतबाट थप ८५ मेगावाट बिजुली किन्ने प्राधिकरणको तयारी छ। पोहोर भारतबाट ३८५ मेगावाटसम्म बिजुली आयात भएकोमा यसपालि ४७० मेगावाट बिजुली आयात गर्नु पर्ने भएको हो। प्राधिकरणले नयाँ बनेका दुई प्रसारण लाइन कटैया–कुशहवा रक्सौल–परवानीपुरबाट १००, टनकपुर–महेन्द्रनगरबाट ३५, सुरजपुरा–गण्डकबाट ३५, ढल्केबर–मुजफ्फपुरबाट १३०, पुरानो कटैया–कुशहवाबाट १३० र विभिन्न साना प्रसारण लाइनबाट ४० मेगावाट बिजुली भारतबाट आयात गर्ने योजना बनाएको छ।

मंसिर दोस्रो सातासम्म भारतबाट ३०७ मेगावाट बिजुली आयात भइरहेको छ। अहिले देशभित्र प्राधिकरणले ३५० र निजी क्षेत्रबाट २८३ मेगावाट बिजुली उत्पादन गरिरहेका छन्। ‘भारतबाट थप बिजुली ल्याएर यो हिउँदमा देशैभरि बिजुली नकाट्ने गरी काम गरिरहेका छौं,’ अधिकारीले भने, ‘यति गर्दा पनि पिक आवरमा ३०० मेगावाट बिजुली पुग्दैन। त्यसलाई मिलाउन उद्योगमा ३ देखि ५ घन्टा लोडसेडिङ हुन सक्छ।’

पोहोर पनि औद्योगिक क्षेत्रमा बिहान र बेलुका बिजुली कटौती भएको थियो। माघमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना बनेपछि भने माग व्यवस्थापनमा केही राहत हुने अधिकारीले बताए।

The post अब नेपालमा लोडसेडिङ नहुने यस्तो आयो नेपालीलाई खुसीको खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j2IBqJ
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top