Photo of Milford Sound in New Zealand

डोटी, मंसिर १३ –सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा फसेका ९ वटा गाईको उद्धार गरिएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले सेती नदीको चट्टानम फसिरहेका ९ वटा गाईलाई प्रहरी, म्यादी प्रहरी तथा स्थानीयबासिन्दाको सहयोगमा उद्दार गरी बाहिर निकालिएको बताउनु भयो ।

ती गाईहरु सेती नदीमा बगेर आएको हुनसक्ने दिपायलका प्रहरी प्रमुख कुँवरले बताउनुभयो । गाई फसेको खबर पाएपछि प्रहरी तथा स्थानियबासिन्दासहितको टोलीले झण्डै दुई घण्टाभन्दा बढी समय लगाएर गाईको सकुशल उद्धार गरेको थियो ।

गाईको सकुशल उद्दार गरेपछि यहाँका स्थानियबासिन्दाहरु खुशी हुँदै उद्धार गर्ने प्रहरी तथा स्थानीयलाई धन्यवाद दिएका छन् । त्यस्तै उद्दार गरिएका गाईमध्ये केही दुधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको गाई उद्धार कार्यमा संलग्न माओवादी केन्द्रका नेता तेजबहादुर डुम्रेले बताउनु भयो । उहाँले भन्नु भयो ‘केही गाई दूधालु थिए, केही भने ब्याउने अवस्थाका थिए, कसले बगायो होला खोजी कार्य हुनु पर्छ, गाई बगाउनेलाई कारबाही हुनु पर्छ ।’

दिपायलस्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु संकलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कुँवरले बताउनु भयो । ujyaaloonline

The post सेती नदीमा फसेका ९ गाईको उद्धार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j0c6cM
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top